default_image

5 years ago

June 24, 2020

जम्न नसकेको बार्सिलोनाको ‘एमएसजी’

156 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक किके सेटिनले मंगलबार एथ्लेटिक बिल्बाओविरुद्ध पहिलो पटक आफ्ना तीन स्टार फरवार्ड लिओनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिज्मनलाई पहिलो रोजाईमा खेलाए ।

कोरोना संक्रमणका कारण सिजन स्थगित हुनुअघि सेटिनले यी तीनलाई एकसाथ खेलाउन पाएकाथिएनन् । सेटिनले नियुक्ति पाउँदा फरवार्ड लुइस सुआरेज घुँडाको चोटका कारण विश्राममा थिए । मंगलबार बिल्बाओविरुद्ध तीनै खेलाडी एकसाथ सुरुवाती रोजाईमा परेपनि त्यसको नतिजा भने निराशाजनक रहयो ।

बिल्बाओविरुद्ध तीनै खेलाडीले गोल गर्न सकेनन् । कोरोनापछि टोलीमा पुनरागमन गरेका उरुग्वेका सुआरेजले हालसम्म गोल गर्न सकेका छैनन् । लगातार चौथो खेलमा गोलविहिन बनेका सुआरेज बिल्बाओविरुद्ध गोल गर्ने स्थितिनजिक पुगेपनि फिनिसिङमा भने चुकेका थिए ।

तीन खेलाडीमध्ये ग्रिजमनको अवस्था भने सबैभन्दा चिन्ताजनक रहेको छ । टोलीको खेल्ने शैलीमा भिजन नसकिरहेका ग्रिजमनले गोल गर्ने अवसर पाएका त थिए, तर गोलरक्षक उनाइ सिमोनले उनको प्रहार सहजै बचाए । लगातार औसत प्रदर्शनपछि उनलाई मनोबल बढाउन गोलको खाँचो रहेको छ ।

बिल्बाओविरुद्ध मेस्सीको पनि जादु चल्न सकेन । पछिल्लो चार खेलमा दुई गोल मात्र गर्न सकेका मेस्सीलाई आक्रमणमा उचित साथ मिलिरहेको देखिंदैन । मेस्सीका दुई गोलमध्य एक गोल पेनाल्टीबाट आएको थियो । मेस्सी ७ सयौं गोलको संघारमा पुगेपछि लगातार दुई खेल गोल गर्नबाट चुकेका छन् ।

लिग सुचारु हुनुअघि मेस्सी घाइते भएका थिए । पूर्ण रुपमा फिट नरहेको बताइरहंदा पनि मेस्सीले लिग सुचारु भएपछि पूरा समय मैदानमा बिताएका छन् । निकै आशा राखिएको एमएसजी चल्न नसक्दा बार्सिलोनाले लिगको शीर्षस्थानमा पकड समेत गुमाइसकेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.