5 years ago
June 25, 2020
एजेन्सी – छोटो कद, लामो कपाल, अर्जेन्टिनाको सेतो र निलो धर्के जर्सी, बायाँ खुट्टाले बलमा राम्रो नियन्त्रण अनि अगाडी आएका डिफेन्डरलाई एकपछि अर्को गर्दै छलाएर अगाडी बढ्ने शैली । युवा अवस्थामा लिओनेल मेस्सीको यस्तै शैलीले विपक्षी र समर्थकमाझ छाप बसाएको थियो । तर यसपटक उक्त खेलाडी लिओनेल मेस्सी थिएनन् ।

उनी लुका रोमेरो हुन् । १५ वर्षीय रोमेरो जसलाई कलिलो उमेरमा नै खेल्ने शैली मात्र नभएर शारीरिक बनोट हेर्दा पनि लिओनेल मेस्सीसँग दाँज्न थालिएको छ । अर्जेन्टिनाका समर्थक उनले लामो समयसम्म राष्ट्रिय टोलीमा प्रभाव छाड्ने आशासहित उनलाई हेर्न थालेका छन् । उनको प्रदर्शन हेर्दा अहिले नै सिनियर टोलीको फुटबलमा उनले खेल्न सक्ने देखिन्छ ।
लामो समयदेखि अर्जेन्टिना र स्पेनमा चर्चामा रहेका रोमेरो अब विश्व फुटबलमै चासोको विषय बनेका छन् । कारण उनले रियल म्याड्रिडविरुद्ध ला लिगाको ३१ औं चरणको खेलमा डेब्यु गरे । दोस्रो हाफको अन्त्यतिर मालोर्काको ४१ नम्बर जर्सीमा मोरेनो मैदान प्रवेश गरे ।
यससँगै उनले सेल्टा भिगोका डिफेन्डर सान्सोनको नाममा रहेको ८० वर्ष पूरा किर्तिमान पनि कायम गरे । मोरेनोले रियल म्याड्रिडविरुद्ध खेल्दै १५ वर्ष २ सय १९ दिनको उमेरमा ला लिगामा डेब्यु गरे । सान्सोनले सन् १९३९-४० सिजनमा १५ वर्ष २ सय ५५ दिनको उमेरमा डेब्यु गरेका थिए ।

मालोर्काका सहायक प्रशिक्षक डानी पेन्दीनका अनुसार रोमेरोको क्षमता हेर्ने हो भने उनले यसअघि नै माथिल्लो श्रेणीमा खेल्न सक्थे । ‘ हामि रोमेरोलाई १२ वर्षको उमेरदेखि नजिकबाट नियालिरहेका छौं । हामीले उनको खेल हेर्दा यसअघि नै माथि ल्याउन सक्थ्यौं, तर हामी उनको उमेरलाई हेरेर ठिक समयको प्रतिक्षा गरेका हौँ ।’
‘हामीले उनले खेलेको देखेका छौं । उनले उमेर समूहमा पत्यार लाग्न नसक्ने प्रदर्शन गरेका छन् । प्राविधिक रुपमा उनले अप्रत्यासित रुपमा सुधार गरेपनि शारीरिक रुपमा भने त्यहि गतिमा बढ्न सकेनन् । त्यसैले पनि सिनियर टोलीमा खेल्दा उनलाई केहि कठिनाइ हुन सक्छ । पछिल्लो समय उनी शारीरिक रुपमा पनि बलिया भएका छन् ।’

रोमेरोका पिता डिएगो रोमेरो अर्जेन्टिनी नागरिक हुन् । उनको पिता डिएगो मेक्सिकोको तल्लो श्रेणी क्लब अलक्रेन्सका लागि खेल्दा लुकाको जन्म मेक्सिकोको दुराङ्गो सहरमा भएको थियो । उनको पिता स्पेनमा फुटबल खेल्न आएपछि लुका पनि २ वर्षको उमेरमा परिवारसँग स्पेन आए । डिएगोले स्पेनमै रहेर फुटबलसम्बन्धि अध्ययन अगाडी बढाउने निर्णय गरे र इबिजामा बसाईं सरे ।
लुका मात्र ७ वर्षको छंदा बार्सिलोनाले ट्रायलका लागि बोलाको थियो । उनको बलमाथिको नियन्त्रण देखेर क्लबका प्रशिक्षक निकै प्रभावित भएका थिए । तर उनको परिवार क्याटलुन्यामा बसाईं सर्न राजि भएनन् । फिफाको नियम अनुसार १० वर्षभन्दा कम उमेरमा खेलाडी एकेडेमीमा अनुबन्ध गर्न नपाइने हुनाले बार्सिलोना सफल भएन ।

सन् २०१५ मा लुकालाई मालोर्काले अनुबन्ध गर्यो । त्यसबेला दोस्रो श्रेणीमा रहेको मालोर्काले १० वर्षका लुकालाई एकेडेमीमा अनुबन्ध गरेको थियो । लुकाले मालोर्काकै एकेडेमीमा रहेर आफ्नो युवा उमेर समूहको करिअर अगाडी बढाए ।
त्यसको दुई वर्षपछि बार्सिलोनासँग जोडिएको अर्को घटना अगाडी आयो । इबिजाको बीचमा लुका र बार्सिलोनाका पूर्व खेलाडी ड्यानी आल्भेस फुटबल जगल गरिरहेको देखिएको थियो । आल्भेस आफैं लुका खेलिरहेको ठाउँमा आएर खेल्न चाहेका थिए । फोटो खिच्न जम्मा भएको भिडलाई उनले आफ्नो तस्बिर नभएर ‘भविष्यका लिओनेल मेस्सी’ का रुपमा चिनारी दिँदै लुकाको तस्बिर लिन भनेका थिए । भिडियो हेर्नुहोस् :
लुकाको करिअर जुन दिशामा गएपनि उनलाई मेस्सीसँग तुलना गर्ने धेरै अगाडीदेखि सुरु भएको थियो । अहिले उनको सुधार हेर्दा उनले मेस्सीकै पथ पछ्याउने देखिन्छ । अझ उनलाई उनको जन्म भएको देशको नाम जोड्दै ‘मेक्सिकन मेस्सी’ पनि भन्ने गर्छन् । मेक्सिको र स्पेनबाट खेल्न पाउने भएपनि उनले अर्जेन्टिनाबाट नै खेल्ने प्रष्ट पारेका छन् ।
लुकाले उमेर समूहमा अर्जेन्टिनाको लागि खेलिसकेका पनि छन् । सन् २०१८ मा अर्जेन्टिनाको फुटबल संघले लुकाले आफू अर्जेन्टिनाबाट खेल्न चाहेको बताएको थियो । सन् २०१९ मा उनले यू-१५ राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै पराग्वेमा प्रतियोगिता पनि खेले ।
लुकाले उक्त प्रतियोगितामा २ गोल गरे । फाइनलमा भने लुका अभागी सावित भए । उनले फाइनलको टाइब्रेकरमा पेनाल्टीमा गोल गर्न नसक्दा अर्जेन्टिना ब्राजिलसँग पराजित भएको थियो । तर उनको खेल्ने शैलीले भने निकै प्रशंसा बटुल्यो । धेरैले उनलाई मेस्सीसँग दाँजेका थिए ।

रोमेरोले आफ्नो करिअरमा सुखद सुरुवात गरेका छन् । तर अब यहाँबाट उनको यात्रा कता जाने भन्ने उनको निर्णयमा भर पर्छ । खेल्ने शैली र भविष्य हेर्दा उनी लामो समय मालोर्कामै बस्ने सम्भावना कम छ । उनी नोभेम्बर महिनामा १६ वर्ष पुगेपछि मालोर्काले उनलाई नयाँ सम्झौता प्रस्ताव गर्ने संभवाना छ ।
पछिल्लो समय उनलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड, बार्सिलोना, युभेन्टस र एटलेटिको म्याड्रिडले इच्छा देखाएका छन् । आउने दिनमा युरोपका अन्य शीर्ष टोलीले पनि उनीमाथि नजर राख्नेमा शंका छैन । हाल मेस्ससँग दाँजेर हेरिएका उनले आफ्नो प्रदर्शनमा ध्यान दिन जरुरि छ । उनले यसलाई दबाब नभएर अवसरका रुपमा लिएर अगाडी बढ्दा करिअरमा अझ धेरै सफलता मिल्ने देखिन्छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]