default_image

5 years ago

June 25, 2020

‘रामोसको फ्रिकिकमा मिहिनेत सफल’ – जिदान

154 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले टोलीका कप्तान सर्जियो रामोसको खुलेर प्रशंसा गरेका छन् । रियलले रियल मालोर्कालाई बुधबार २–० ले हराउँदा दोस्रो गोल रामोसले फ्रिकिकमा गरेका थिए ।

रामोसले झन्डै २० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार वालको माथिबाट टप कर्नरमा गोल भएको थियो । उत्कृष्ट प्रदर्शन गरेका मालोर्काका कप्तान तथा गोलरक्षक रेइनाले समेेत त्यसलाई ठम्याउन सकेनन् ।

‘रामोस यस्तै अवसरको पर्खाइमा रहेका थिए । उनले प्रशिक्षणमा पनि फ्रिकिकको निकै अभ्यास गरेका हुन्छन् । उनले गोल गर्दा निकै खुसी लागेको छ,’ प्रशिक्षक जिदानले भने, ‘उनी हाम्रो नेता हुन् । कप्तान हुन् । उनले सधै यसरी नै टोलीको नेतृत्व गरिरहेका छन् ।’

बार्सिलोनाका रक्षक जेरार्ड पिकेको भनाईमा रामोसले प्रतिक्रिया दिए भने जिदान भने त्यसबाट बचे । ‘म यो सबै कुरामा पर्न चाहन्न,’ उनले भने, ‘रामोसले यो विषयमा बोलिसकेका छन् । मेरो आफ्नो नजर छ । हामीले आराम गर्नुपर्छ र अर्को खेलका बारेमा सोच्नु पर्छ ।’

प्रतिबन्धका कारण कासिमारो उपलब्ध नभएपछि जिदानले सबैलाई आश्चार्यमा पार्दै मालोर्काविरुद्ध ४ फरवार्ड खेलाएका थिए । ‘हामी नयाँ प्रयोग गरिरेहका हुन्छौं । हामीसँग थुप्रै खेलाडी छन् । यो पनि एउटा विकल्प हो । हामीले राम्रो खेल्यौं,’ उनले भने ।

‘अझै पनि केहि अभाव भइरहेको छ । त्यसैले सधै सुधारको आवश्यकता रहन्छ । यद्दपी म जितबाट खुसी छु । हामीलाई आराम चाहिएको छ । किन की अझै धेरै खेल खेल्न बाँकी छ । तर सबै टोलीका हकमा त्यो लागु हुन्छ । ‘

जिदानको टोली मालोर्कालाई जितेसँगै पुनः शीर्षस्थानमा उक्लेको छ । अन्तिम ७ चरणका खेल बाँकी रहँदा ला लिगाको उपाधि दौड रोचक बनेको छ । जिदानले भने, ‘अन्तिम सम्म पनि कठिन हुनेछ भन्नेमा म विश्वस्त छु ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.