5 years ago
June 27, 2020
एजेन्सी – इंग्लिस फुटबल लिगको पछिल्लो परिमार्जन प्रिमियर लिग सन् १९९२/९३ बाट सुरु भएको थियो । तर लामो समय लिभरपुलले प्रतिष्ठित उपाधि जित्न सकेन । अन्ततः तीन दशक लामो पर्खाईको अन्त्य भएको छ ।

२०१९/२० को प्रिमियर लिग च्याम्पियन लिभरपुल बनेको छ । पछिल्लो पटक लिभरपुलले १९८९/९० उपाधि जितेको थियो । नयाँ प्रणालीमा लिग सुरु तीन वर्षअघि लिभरपुल च्याम्पियन बनेको थियो ।
त्यसयता लिभरपुलले थुप्रै उपाधि जित्यो । तर लिग जित्न सकेन । टोलीले १९९२, २००१ र २००६ मा एफए कप जितेको थियो । त्यस्तै काराबाओ कप (१९९५,२००१,२००३ र २०१४) ४ पटक जितेको थियो । त्यस्तै लिभरपुलले एफए कम्युनिटी सिल्ड ( १९९०,२००१ र २००६) ३ पटक जितेको थियो ।
टोलीले २००५ र गत वर्ष च्याम्पियन्स लिग उपाधि जितेको थियो । त्यस्तै २००१ मा युइएएफए कप जितेको टोलीले २००१, २००५ र २०१९ मा युरोपियन सुपर कप र एक पटक क्लब विश्व कप जितेको थियो ।

९७ अंकका साथ उपविजेता
लिभरपुल पटक पटक लिग उपाधि नजिक पुगेर विमुख भएको थियो । गत वर्ष बाहेकमात्र पनि तीन पटक लिभरपुल लिग उपाधिको नजिक पुगेको थियो । २००१/०२,२००८/०९ र २०१३/१४ उपाधि जित्ने सम्भावना भएर पनि टोली सफल भएन । लिग च्याम्पियनका लागि गत सिजन पनि टोलीको सम्भावना राम्रो थियो तर सम्भव भएन ।
९७ अंक जोडेर पनि टोली उपविजेतामा सिमित भयो । युरोपका चर्चित ५ लिगका विजेताले पनि लिभरपुलको जति अंक बटुलेको थिएन । प्रिमियर लिगमा भने म्यानचेस्टर सिटी विजेता बनेको थियो । २००८/०९ मा म्यानचेस्टर युनाइटेडले ९० अंकका साथ उपाधि जितेको थियो । दोस्रो स्थानको लिभरपुलले ८६ अंक जोडेको थियो ।
लिभरपुलको उपाधि दौडमा सबै भन्दा निराशजनक भने सन् २०१३/१४ मा रह्यो । त्यति बेला ब्रेनडन रोजर्स टोलीको प्रशिक्षक थिए । लिभरपुल जोसे माउरिन्होको चेल्सीसँग घरेलु मैदानमा पराजित भएको थियो । पहिलो हाफमा कप्तान स्टेफन जेरार्ड चिप्लिएका कारण डेम्बा बाले गोल गरेका थिए । अर्को गोल विलियनले गरेका थिए । लिभरपुलको त्यहि हारका कारणले सिटीले त्यो वर्षको लिग जितेको थियो ।
तर, अहिले योर्गान क्लोपको प्रशिक्षणमा लिभरपुलले उपाधि जितेको छ । बिहीबार सिटीलाई चेल्सीले २–१ ले हराएपछि ७ खेल अघि नै लिभरपुलले उपा िजितेको छ । तीन दशकमा पटक पटक नजिक पुगेर पनि असफल भएको टोलीले क्लोपको नेतृत्वमा च्याम्पियन्स लिग उपाधि जितेको लिभरपुलले अन्ततः लिग उपाधि पनि हासिल गरेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]