5 years ago
June 27, 2020
एजेन्सी – बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर आर्थर मेलो र युभेन्टसका बोस्नियन मिडफिल्डर मिरालेम प्यानिचले सिजनको अन्त्यसँगै एक अर्कासँग क्लब परिवर्तन गर्ने लगभग पक्का भएको छ ।

दुवै पक्षका क्लब र खेलाडीबीच मौखिक सम्झौता भैसकेको छ । सिजनको अन्त्यपछि मात्र दुवै क्लबले औपचारिक रुपमा यसबारे घोषणा गर्ने बुझिएको छ । बार्सिलोनाले युवा मिडफिल्डर आर्थरको स्थानमा अनुभवी मिडफिल्डर प्यानिचलाई अनुबन्ध गर्ने खोजेको हो ।
युभेन्टसले साटफेर गर्दा १० मिलियन थप गर्नुपर्ने छ । तर समग्रमा भने यो ट्रान्सफरले युभेन्टसलाई बढी फाइदा हुने देखिन्छ । यस ट्रान्सफरका विभिन्न पक्ष र यसले कुन क्लबलाई कति फाइदा र बेफाइदा पुग्छ भन्ने मार्साले गरेको विश्लेषण यसप्रकार छ :
आर्थिक प्रभाव
कोरोनाका कारण दुवै क्लबमा आर्थिक समस्या भइरहेको छ । यसले गर्दा नयाँ खेलाडी अनुबन्ध गर्दा मोटो रकम खर्चन नसक्ने अवस्था रहेको थियो । बार्सिलोनालाई मिडफिल्डमा अनुभवी खेलाडी आवश्यक थियो भने युभेन्टस दीर्घकालीन योजनाका लागि मिडफिल्ड सुदृढ पार्न चाहन्थ्यो ।
आर्थिक हिसाबमा दुवै क्लबले आफ्नो लक्ष्य पनि प्राप्त गर्ने र बढी रकम पनि खर्च नहुने देखिएको छ । बार्सिलोनाले प्यानिचको अनुबन्धसँगै युभेन्टसबाट १० मिलियन युरो थप पाउनेछ । यता युभेन्टसले आफूले चाहेको खेलाडी कम मूल्यमा प्राप्त गर्नेछ । आर्थिक रिपमा दुवै क्लबलाई फाइदा हुने देखिन्छ ।

उमेर
उमेरको हिसाबमा भने बार्सिलोनालाई यस ट्रान्सफरले बेफाइदा हुनेछ । आर्थर भर्खर २३ वर्षका पुगे र आफ्नो उच्च लयमा आइरहेका छन् । यता प्यानिच भने ३० वर्षको पुगेर बिस्तारै करिअरको अन्त्यतर्फ लाग्नेछन् । प्यानिचले उच्च श्रेणीमा केहि वर्ष खेलेपछि बिदा हुनेछन् भने आर्थर अझै एक दशक खेल्न सक्नेछन् ।
प्रक्षेपण
खेलाडीहरु आउने वर्षमा कुन स्तरमा खेल्नेछन् भन्ने प्रक्षेपण उनीहरुको उमेरमा भर पर्नेछ । आर्थरले आफ्नो प्रदर्शन सुधार गर्दै आफूलाई विश्वस्तरीय खेलाडीका रुपमा उभ्याउन सक्छन् । यता प्यानिचले भने यसै स्तरलाई नियमित गर्न आफ्नो फिटनेसमा विशेष ध्यान दिनुपर्नेछ ।
चोटको समस्या
बार्सिलोनामा आएयता आर्थर लगातार चोटबाट जुधिरहेका छन् । उनी पछिल्लो २ सिजनमा ९ पटक घाइते भएका छन् । यसक्रममा उनले २२ खेल गुमाएका छन् । यसै अवधिमा भने प्यानिचले धेरै चोटको सामना गर्नुपरेको छैन । उनी दुई वर्षमा मात्र ३ पटक घाइते भएका छन् ।

बहुमुखी क्षमता
प्यानिचले आफ्नो करिअरको अधिकांश समय प्लेमेकरको भूमिका निर्वाह गरेका छन् । प्रशिक्षकको मागअनुसार उनले आफ्नो खेल्ने शैली परिवर्तन गर्दै आएका छन् । आर्थरले भने पोजिसन परिवर्तन गर्दा अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । युभेन्टसको आक्रमणमा पर्याप्त खेलाडी रहेकाले उनले आफ्नो चाहनाअनुसार मिडफिल्डमा नै खेल्न पाउनेछन् ।
रक्षात्मक रणनीति
आर्थरले पटक पटक बार्सिलोनाका लागि बक्स टु बक्सको भूमिका निर्वाह गरेका छन् । उनले रक्षात्मक मिडफिल्डरका रुपमा पनि खेल्न सक्छन् । यता प्यानिच भने प्राविधिक रुपमा निपुण रहेपनि शारीरिक रुपमा आर्थरभन्दा रक्षात्मक रणनीतिमा कम प्रभावकारी हुनेछन् ।
टोलीको खेल्ने शैली
बार्सिलोनाको खेल्ने शैलीसँग मेल खाने खेलाडी हतपत भेटिदैनन् । प्यानिचको खेल्ने शैली हेर्दा उनलाई टोलीमा भिज्न धेरै समय लाग्ने देखिन्न । यता आर्थर पनि इटालियन फुटबलको माग र युभेन्ट्सको आवश्यकता अनुसार टोलीमा सहजी स्थान बनाउन सक्ने देखिन्छ ।

गोल
तथ्यांक हेर्दा दुवै खेलाडीको गोल संख्या उस्तै छ । तर प्यानिचको लामो दुरीबाट प्रहार गर्न सक्ने क्षमताले उनलाई राम्रो स्थानमा राख्छ । आर्थरले बार्सिलोनाको रणनीतिमा खेल्दा गोल गर्ने अवसर खासै पाएका छैनन् ।
फ्रिकिक
प्यानिच विश्व फुटबलमा फ्रिकिक प्रहार गर्ने उत्कृष्ट खेलाडीमा पर्छन् । तर बार्सिलोनामा मेस्सी रहेकाले उनले त्यस अवसर कमै मात्र पाउने देखिन्छ । आर्थरले पनि क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला लगायत खेलाडी हुँदा फ्रिकिकमा अवसर पाउने छैनन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]