5 years ago
June 27, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने खेलमा क्याटलान क्लब बार्सिलोना फेरी एकपटक अंक तालिकाको शीर्षस्थानमा फर्कने लक्ष्यसाथ उत्रदैछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुनेछ ।

लयमा रहेको सेल्टा भिगोको मैदानमा जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा रहेको रियल म्याड्रिडमाथि दबाब कायम गर्ने सुरमा हुनेछ । लिग स्थगित हुनुअघि निकै खराब लयमा रहेको सेल्टालाई रेलिगेसनको डर समेत बढ्न थालेको थियो । तर लिग सुचारु भएपछि सकारात्मक नतिजा ल्याउँदै सेल्टा केहि ढुक्क अवस्थामा छ ।
लिग सुचारु भएलगत्तै भिल्लारियलसँग १-० ले पराजित भएको सेल्टाले त्यसपछि रियल भालाडोलिडसँग गोलरहित बराबरी खेलेको थियो । गत साता अलाभेसमाथि ६-० को सानदार जित दर्ता गरेको सेल्टाले रियल सोसीडाडलाई १-० ले हराउँदै अंक तालिकाको १६ औं स्थानमा उक्लेको छ ।
सेल्टाले घरेलु मैदानमा खेलेका १५ लिग खेलमध्ये ५ खेलमा मात्र हार बेहोरेको छ । यता बार्सिलोनाले भने घरेलु मैदानबाहिर खेलेका १५ मध्य ५ खेलमा मात्र जित दर्ता गर्न सकेको छ । सेल्टाविरुद्ध उसको मैदानमा बार्सिलोनाको पुरानो नतिजा पनि सुखद रहन सकेको छैन ।

बार्सिलोनाले पछिल्ला केहि खेलमा अपेक्षित प्रदर्शन गर्न सकेको छैन । पछिल्ला ५ मध्य ४ खेल जितेपनि शीर्षस्थानमा पकड गुमाउँदा टोलीको मनोबल कम भएको छ । सेभिल्लाविरुद्ध गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले पछिल्लो खेलमा एथ्लेटिक बिल्बाओविरुद्ध १-० को जित दर्ता गर्न निकै संघर्ष गर्नुपरेको थियो ।
सेल्टाविरुद्ध मिडफिल्डर सर्जियो बुस्केट्सको अनुपस्थितिले बार्सिलोनालाई समस्या पर्न सक्नेछ । उनको स्थानमा इभान राकीटिच र रिकी पुजमध्ये एकले सुरुवात गर्ने सम्भावना रहेको छ । ओस्मान डेम्बेले र फ्रान्की डे जोङ चोटका कारण यस खेलमा पनि उपस्थित रहने छैनन् ।
बार्सिलोनाले यसपछि एटलेटिको म्याड्रिडसंग खेल्ने हुनाले टोली छनोटमा पनि प्रशिक्षक किके सेटिनले सोच्नुपर्नेछ । आक्रमणमा लिओनेल मेस्सीलाई साथ दिन एन्टोइन ग्रिजमन र लुइस सुआरेजमा एक जना मात्र पहिलो रोजाईमा पर्ने सम्भावना रहेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]