5 years ago
June 27, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा क्याटलान क्लब बार्सिलोना सेल्टा भिगोको मैदानमा बराबरीमा रोकिएको छ । दुई पटक अग्रता लिएर पनि २-२ को बराबरीमा रोकिएको बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा भने उक्लिएको छ ।

खेलको २० औं मिनेटमा बार्सिलोनाले सुआरेजको गोलमा सुरुवाती अग्रता लिएको थियो । कप्तान मेस्सीले झन्डै २२ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा सुआरेजले ६ यार्ड बक्स अगाडीबाट हेडरमार्फत गोल गरेका थिए ।
बार्सिलोनाले अग्रता लिएको ५ मिनेट नबित्दै सेल्टाले बराबरी गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । ब्राइस मेन्डेजको पासमा इआगो आस्पासको प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनलाई लाग्दै पोस्टमा लागेर फर्केको थियो । रिबाउन्डमा आएको बललाई नेल्सन सेमेडोले क्लियर गर्दै खतरा टारे ।
दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोलीले स्कोर बराबर गर्यो । ५० औं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई खेलमा फर्काएका थिए । ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गरेका थिए ।

५२ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र फल भएको आशंकामा रेफ्रील भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिएपनि निर्णयमा पेनाल्टी दिइएन । ५५ औं मिनेटमा सुआरेजको पासमा मेस्सीको प्रहारले पोस्टको दिशा लिन सकेन ।
६७ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुन: अग्रता दिलाए । मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई सुआरेजले डिफेन्सको दबाब चिर्दै उत्कृष्ट टर्नमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

नियमित समयको तीन मिनेट बाँकी रहँदा सेल्टाले पुन: खेल बराबरीमा ल्यायो । सेल्टाका कप्तान इयागो आस्पासले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए । इन्ज्युरी समयमा नोलिटोले सहज अवसरमा गोल गर्न नसक्दा बार्सिलोना हारबाट जोगियो ।
यस बराबरीसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाको ३२ खेलमा ६९ अंक रहेको छ । दोस्रो स्थानको रियल म्याड्रिडको ३१ खेलमा ६८ अंक छ । रियल म्याड्रिडले आइतबार हुने खेलमा एस्पान्योलको सामना गर्नेछ ।
एस्पान्योललाई पराजित गरेमा रियल म्याड्रिडले २ अंकको अग्रता लिनेछ । सेल्टा भने ३२ खेलमा ३४ अंक जोड्दै १६ औं स्थानमा यथावत छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]