5 years ago
June 28, 2020
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार रातीको खेलमा उपाधि होडमा रहेको लाजियोले फियोरेन्टिनालाई २-१ ले पराजित गरेको छ ।

लाजियोको घरेलु मैदानमा फियोरेन्टिनाले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हारको सामना गर्नुपर्यो । खेलको २५ अौं मिनेटमा फ्रान्क रिबेरीले टोलीलाई अग्रता दिलाएका थिए । उनले डालबर्टको पासको सदुपयोग गर्दै पाहुना टोलीका लागि पहिलो गोल गरे ।
तर दोस्रो हाफमा लाजियोले दुई गोल गर्दै युभेन्टस लाई पछ्याउने क्रम जारी राख्यो । ६७ अौं मिनेटमा चिरो इम्मोबिलेले गोेल गर्दै खेल बराबरीमा ल्याए । लिगका सर्वाधिक गोलकर्ता समेत रहेका उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।
निर्धारित समयको ७ मिनेट बाँकी रहँदा लाजियोले अग्रता लियो । निकै लयमा रहेका मिडफिल्डर लुइस अल्बर्टोले गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो । उक्त गोल नै जितका लागि पर्याप्त रह्यो ।

अघिल्लो खेलमा २-० को अग्रता लिनका बाबजुद ३-२ को हार बेहोरेको लाजियो यस जितसँगै उपाधि होडमा फर्किएको छ । शीर्षस्थानको युभेन्टसभन्दा लाजियो ४ अंकले पछाडि छ । युभेन्टसको २८ खेलमा ६९ अंक छ भने लाजियो समान खेलमा ६५ अंकसाथ दोस्रो स्थानमा छ ।
लिग अन्तर्गत मंगलबार लाजियोले टोरिनोसँग खेल्नेछ । उक्त खेलपछि युभेन्टसले जेनोआको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]