default_image

5 years ago

June 28, 2020

म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

215 views

0 Bookmark

एजेन्सी – टाइब्रेकर पुग्नुभन्दा २ मिनेटअघि डिफेन्डर ह्यारी मगाएरले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एफए कपको क्वाटरफाइनलमा नर्विच सिटीलाई २-१ ले पराजित गरेको छ ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दुवै हाफमा युनाइटेडले एकतर्फी आक्रमण गरेपनि नर्विचले लगातार रक्षात्मक खेल प्रस्तुत गर्दै खेल टाइब्रेकरतर्फ धकेल्न खोजेको थियो । तर २ मिनेट समय बाँकी रहँदा मगाएरले गोल गर्दै युनाइटेडको सेमिफाइनल टिकट काटे ।

खेलको ५१ औं मिनेटमा युनाइटेडले ओडीअन इघालोको गोलमा अग्रता लिएको थियो । उनले आउटसाइड बुटले गरेको फ्लिकमा गोलरक्षक टिम क्रुललाई बिट गरेका थिए । ७५ औं मिनेटमा टड कान्टवेलले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार युनाइटेडका गोलरक्षक सर्जियो रोमेरोले बचाउन सकेनन् ।

खेलको ८९ औं मिनेटमा नर्विच १० खेलाडीमा सिमित भएपछि युनाइटेडलाई फाइदा पुगेको थियो । पेनाल्टी क्षेत्रको ठिक बाहिर टिम क्लोजले इघालोलाई बलसम्म पुग्नबाट समातेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।

१० खेलाडीमा सिमित नर्विचमाथि युनाइटेडले लगातार आक्रमण गरेपनि गोलरक्षक क्रुल त्यसमा बाधक बनिरहे । उनले निर्धारित समयको अन्तिम मिनेटमा मेसन ग्रिनवुडको प्रहार विफल पार्दा अतिरिक्त ३० मिनेट समयमा आधा दर्जन गोलको अवसर विफल पारे । तर १ सय १८ औं मिनेटमा नर्विचका तीन डिफेन्डरको बीचबाट मगाएरले भिडभाडको अवस्थामा गरेको प्रहार गोलमा परिणत भएपछि नर्विच क्वाटरफाइनलबाट बाहिरियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.