default_image

5 years ago

June 28, 2020

अन्तिम चरणमा ३४ गोलसँगै सकियो बुन्डेसलिगा

138 views

0 Bookmark

एजेन्सी – जर्मन फुटबलको शीर्ष श्रेणी लिग बुन्डेसलिगाको अन्तिम चरण गोलवर्षासँगै अन्त्य भएको छ । अन्तिम चरणका ९ खेलमा ३४ गोल सम्भव भएको छ ।

अन्तिम चरणको खेलबाट रेलिगेसनमा पर्ने टोली र च्याम्पियन्स लिग खेल्ने टोलीको पनि टुंगो लागेको छ वेर्डर ब्रेमेनले फराकिलो जित दर्ता गर्दै रेलिगेसन टारेर प्लेअफमा स्थान बनाउन सफल रहयो यस्तै बोरुसिया मोन्चेनग्लाडबाकले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ

लिग च्याम्पियन बनिसकेको बायर्नले वल्फ्सबर्गमाथि ४-० को जित दर्ता गर्ने क्रममा लिगमा १ सय गोल समेत पूरा गर्यो बायर्नको जितमा किंग्सले कोमन, माइकल कुइसान्स, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे लेवान्डोस्कीले एकै सिजनमा ३४ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ताको उपाधि समेत जिते

मोन्चेनग्लाडबाकले हर्था बर्लिनमाथि २-१ को जित दर्ता गर्दै चौथो स्थान हासिल गर्यो ग्लाडबाकले ३४ खेलमा ६५ अंकसहित सिजनको अन्त्य गर्यो बायर लेभरकुसनले ३४ खेलमा ६३ अंक जोड्दै च्याम्पियन्स लिगको स्थान २ अंकले गुमायो अन्तिम दिन माइन्जमाथि १-० को जित दर्ता गरेको लेभरकुसनले युरोपा लिग खेल्नेछ

यस्तै रेलिगेसन क्षेत्रमा वेर्डर ब्रेमेनले अन्तिम दिन एफसी कोल्नमाथि ६-१ को जित निकाल्दै प्लेअफमा स्थान बनायो फोर्चुना डुसेलडर्फ भने युनियन बर्लिनसँग ३-० को हार बेहोर्दै दोस्रो श्रेणीमा घटुवा भएको छ ब्रेमेनको ३४ खेलमा ३१ अंक रहँदा डुसेलडर्फले ३४ खेलमा ३० अंक जोड्न सक्यो

लिगको पुछारमा रहेको पाडेर बर्न ३४ खेलमा २० अंकसहित यसअघि नै घटुवा हुने पक्का भइसकेको थियो पाडेरबर्नले लिगको अन्तिम खेलमा आइनट्राक्ट फ्रान्कफर्टसँग ३-२ को हार बेहोर्यो

लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा होफेनहाइमसँग ४-० को लज्जास्पद हार बेहोर्यो आन्द्रे क्रामारीच एक्लैले ४ गोल गरेपछि डर्टमुन्ड पराजित भएको हो युवा खेलाडीलाई पहिलो रोजाईमा अवसर दिएको डर्टमुन्डले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पहिलो हाफमै ह्याट्रिक गरेका क्रामारिचको गोल फर्काउन भने सकेन

कोरोना संक्रमणपछि सुचारु भएको लिगमा खराब प्रदर्शन गरेको साल्केले अन्तिम खेलमा पनि खराब प्रदर्शन गर्यो । फ्राईबर्गको मैदानमा डेविड वाग्नरको टोलीले ४-० को हार बेहोर्यो । एक समय युरोपेली प्रतियोगिता छनोटका लागि सुदृढ अवस्थामा देखिएको साल्के लगातार हारले अंक तालिकाको पछिल्लो हाफमा पुगेको थियो । टोलीले ३४ खेलमा ३९ अंकसाथ १२ औं स्थानमा रहेर लिग अन्त्य गर्यो ।

लिगका अन्य खेलमा अग्स्बर्गले घरेलु मैदानमा आरबी लाइप्जिगसँग २-१ को हार बेहोर्यो । लाइप्जिगका लागि क्लब छाड्न लागेका फरवार्ड टिमो वेर्नरले अन्तिम खेलमा गोल गर्दै इतिहास रचे । उनी क्लबका लागि करिअरमा ९५ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बने ।

लिगको अंक तालिका :

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.