default_image

5 years ago

June 28, 2020

अलाभेसलाई हराउँदै एटलेटिको बलियो स्थितिमा

139 views

0 Bookmark

एजेन्सी – डिएगो सिमिओनीको प्रशिक्षणमा रहेको एटलेटिको म्याड्रिडले शनिबार स्पेनिस ला लिगा अन्तर्गत खेलमा अलाभेसलाई २-१ ले पराजित गर्दै तेस्रो स्थानमा बलियो पकड जमाएको छ ।

कोरोनाका कारण स्थगित भएको लिग सुचारु भएपछि खेलेका ४ खेलमा सिमिओनीको टोलीले ४ मध्ये ३ खेलमा जित निकालेको छ । शनिबार घरेलु मैदानमा अलाभेसलाई हराउँदै एटलेटिकोले तेस्रो स्थानमा ४ अंकको अग्रता लिएको हो । यसअघि तेस्रो स्थानमा रहेको सेभिल्लाले खराब नतिजा निकाल्दा एटलेटिकोलाई प्रत्यक्ष फाइदा पुगेको छ ।

शनिबार एटलेटिकोले ५९ औं मिनेटमा साउल निगुएजको गोलमा अग्रता लिएको थियो । ७२ औं मिनेटमा डिएगो कोस्टाले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । मार्कोस लोरेन्टेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा कोस्टाले गोल गरेका थिए ।

अलाभेसले खेलको अन्त्यतिर घरेलु टोलीलाई दबाबमा राखेको थियो । इन्ज्युरी समयमा जोसेलुले अलाभेसका लागि पेनाल्टीमा गोल फर्काएपनि एटलेटिको जित पक्का गर्न सफल रहयो ।

यस जितले तेस्रो स्थानमा रहेको म्याड्रिड टोलीको ३२ खेलमा ५८ अंक भएको छ । सेभिल्ला समान खेलमा ५४ अंकसहित चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको गेटाफेको ३१ खेलमा ४९ अंक रहेको छ । शीर्षस्थानको बार्सिलोनाले ६९ अंक जोड्दा एक खेल कम खेलेको रियल म्याड्रिड ६८ अंकमा छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.