default_image

5 years ago

June 28, 2020

सुआरेजको निराशा

133 views

0 Bookmark

एजेन्सी – बार्सिलोना फरवार्ड लुइस सुआरेजले सेल्टा भिगोसँग बराबरी खेलेपछि नाजित्नुको कारण प्रशिक्षक किके सेटिन र उनको प्रशिक्षण टोलीलाई थाहा भएको बताएका छन् ।

सुआरेजले बार्सिलोनालाई दुई पटक अग्रता दिलाएपनि अन्त्यमा सेल्टाको मैदानबाट एक अंक मात्र जोड्न सकेको थियो । गत शुक्रबार मात्र सेभिल्लासँग बराबरी खेलेको बार्सिलोनाले फेरी एकपटक जित दर्ता गर्न सकेन । सेभिल्लासँगको खेलअघि बार्सिलोना लिगको शीर्षस्थानमा रहेको थियो ।

बार्सिलोनाले सेभिल्लाविरुद्ध बराबरी खेलेपछि रियलले शीर्षस्थानमा जाने अवसर पाएको थियो । हेड टु हेडमा अगाडी रहेको रियल अंक बराबर भएपनि बार्सिलोनाभन्दा अगाडी छ । सेल्टासँग बराबरी खेलेपछि भने अब रियलले स्पष्ट २ अंकको अग्रता लिने अवसर पाएको छ ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सुआरेजले घरेलु मैदानबाहिर जित्न नसक्नुको कारणबारे सोध्दा प्रशिक्षक सेटिन र उनको टोलीलाई यसको उत्तर थाहा रहेको बताए ।

‘ मलाई यसबारे सोध्नुभन्दा प्रशिक्षकलाई सोध्नु राम्रो हुन्छ । वहाँहरुले यसबारे अध्ययन गरेर बस्नुभएको छ,’ सुआरेजले भने, ‘ अघिल्ला सिजनमा हामीले यस्तो खेल जितेर नै उपाधिसम्म पुगेका थियौं ।’

सुआरेजले चोटका बाबजुद पनि जारी सिजन गोलसंख्या १३ पुर्याएका छन् । सेल्टाको मैदानमा शनिबार दुई गोल गरेका सुआरेजलाई दुवै गोलमा मेस्सीले असिस्ट गरेका थिए । यसपटक भने उनी खेललाई लिएर नकारात्मक भावना विकास भइरहेको बताउँछन् ।

‘हामी किन हो नकारात्मक भावना लिएर खेलमा गइरहेका छौं जस्तो लाग्छ । हामीले दुई महत्त्वपूर्ण अंक गुमाएको छौं । अहिलेको अवस्थामा हामीले सबै खेल जितेर अझ रियलले अंक गुमाउनु पर्ने अवस्था थियो । म निकै निराश छु,’ उनले भने ।

रियलले आइतबारको खेलमा एस्पान्योलको सामना गर्दैछ । एस्पान्योलले भर्खर मात्र आफ्नो प्रशिक्षक बर्खास्त गरेर सुखद नतिजाको अपेक्षा गरिरहेको छ । रियललाई शीर्षस्थानमा उक्लन कम्तिमा बराबरीको आवश्यकता रहनेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.