default_image

5 years ago

June 28, 2020

रियललाई शीर्षस्थानमा अग्रता बनाउने अवसर

166 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले आइतबार राति एस्पान्योलको सामना गर्दैछ । खेल नेपाली समयानुसार सोमबार विहान १:४५ बजे सुरु हुनेछ ।

एस्पान्योलको मैदानमा रियल म्याड्रिड लगातार पाँचौ जित दर्ता गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । शनिबार बार्सिलोनाले सेल्टा भिगोको मैदानमा जित हासिल गर्न नसक्दा रियललाई फाइदा पुगेको छ ।

दुई साता अघिसम्म अंक तालिकाको दोस्रो स्थानमा रहेको रियल पछिल्लो साता अंक बराबर भएपछि हेड टु हेडको आधारमा अगाडी पुग्यो । अब रियललाई स्पष्ट अग्रता लिने अवसर जुरेको छ ।

रियलले कोरोनापछि लिगमा खेलेको चार खेलमा लगातार जित दर्ता गर्दै उपाधि लक्ष्यलाई सुदृधढ पारेको छ । एइबार, भ्यालेन्सिया, सोसीडाड र मालोर्काविरुद्ध जितले रियलको टोली उच्च मनोबलमा छ ।

रियलले लिगका ३१ खेल मध्ये ३ खेलमा मात्र हार बेहोरेको छ । यसका साथै टोलीले लिगमा सर्वोत्कृष्ट डिफेन्सको समेत साथ पाएको छ । लिग अवधिभर मात्र २१ गोल खाएको टोलीमा गोलरक्षक थिबाउट कोर्टुवा र सर्जियो रामोसले विशेष प्रदर्शन गर्दै आएका छन् ।

बार्सिलोनाका तुलनामा सहज खेल बाँकी रहेकाले पनि रियलले यस खेल जित्दै अग्रता लिए उपाधि दावेदारीमा बलियो प्रस्तुति हुनेछ । एस्पान्योलविरुद्ध रियलले पछिल्ला ३ खेलमा नै जित हासिल गरेको छ । २०१७-१८ सिजनमा भने रियल १-० ले पराजित भएको थियो ।

एस्पान्योल अझै पनि रेलिगेसन क्षेत्रबाट ८ अंक पछाडी छ । लिगको ७ खेल मात्र बाँकी रहेको अवस्थामा एस्पान्योललाई अर्को सिजन ला लिगामै रहन आजसहित अन्य खेलमा सकारात्मक नतिजा आवश्यक छ । २६ वर्षदेखि लगातार शीर्ष श्रेणीमा खेलिरहेको एस्पान्योल रेलिगेसनको संघारमा छ ।

३१ खेलमा टोलीले मात्र २४ अंक जोड्न सकेको छ । हालसम्म लिगमा जम्मा ५ खेल जितेको एस्पान्योलले ९ खेल बराबरी गरेको छ ।

पछिल्लो दुई खेल लेभान्ते र रियल बेटिससँग हारले टोली थप समस्यामा परेको छ । अझ एस्पान्योलले यसपछि रियल सोसीडाड र बार्सिलोनाको सामना गर्न बाँकी छ ।

एस्पान्योलका लागि यस खेलमा सबास्टियान कोर्सिया चोटमुक्त भएर छनोटका लागि उपलब्ध रहनेछन् । लिओनार्डो कार्बेरा र बर्नार्डो एस्पिनोजा पनि निलम्बनबाट फुकुवा भएर मैदान फर्कनेछन् । फरवार्ड वे ली, राउल डे टोमस र ओस्कार मेलेन्दो टोलीमा फर्कने सम्भावना रहेको छ ।

रियलका लागि मिडफिल्डर क्यासेमिरो निलम्बनबाट फिर्ता हुँदा ब्राजिलियन डिफेन्डर मार्सेलो पनि पहिलो रोजाईमा फर्कनेछन् । मिडफिल्डर लुका मोड्रीच र डिफेन्डर फर्लान्ड मेन्डी यस खेलका लागि निलम्बित छन् । पछिल्लो खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेका ग्यारेथ बेलले बेन्चमा चित्त बुझाउनु पर्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.