5 years ago
June 28, 2020
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा व्यवसायिक लिग खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द स्वदेश फर्केका छन् । मार्चदेखि स्थागित लिग वान तत्काल नहुने भएपछि रोहित शुक्रबार राती स्वदेश फर्केको उनका दाजु रविनले जानकारी दिएका छन् ।

नेपाल आउनु अघि रोहितले कोरोनाको पिसिआर परिक्षण गराएको र त्यसको नतिजा नेगेटिभ रहेको पनि उनले बताए । रोहित १४ दिन सेल्फ क्वारिन्टनमा बस्ने पनि रविनले जानकारी दिए । ‘अक्टुबर सम्ममा लिग वान सञ्चालन हुने र सञ्चालन हुँदा कुन मोडलमा हुने कुनै तय छैन । त्यसैलाई भाईलाई घरमा फर्कन भन्यौं,’ रविनले भने, ‘अब इन्डोनेसियामा कस्तो निर्णय हुन्छ त्यसका आधारमा रोहित जाने विषयमा निर्णय गर्छौ ।’
यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि विश्वकप छनोटको तयारी सुरु गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत अनुमति लिने प्रयास थालेको छ । असोजमा विश्व कप छनोट खेल दशरथ रंगशालामा हुँदैछ । कोभिड १९ का कारण स्थगित विश्व कप छनोट असोजबाट गर्ने एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ तालिका सार्वजनिक गरेको थियो ।
रोहित पर्सिजा जार्कातामा आबद्ध छन् । दुई वर्षअघि उक्त क्लबले इन्डोनसियाको लिग जितेको थियो । त्यति बेला रोहित लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । फेब्रुअरीबाट सुरु भएको लिग केहि चरणका खेल आयोजना भएसँगै स्थागित भएको थियो ।
पर्सिजाले यो सिजन २ खेलमा १ जित र अर्कोमा हार बेहोरेको थियो । रोहित झन्डै एक दशक देखि देशबाहिर व्यावसयिक फुटबल खेल्दै आएका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]