default_image

5 years ago

June 28, 2020

सेबालोसको गोलमा आर्सनलको जित

136 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा आएका मिडफिल्डर ड्यानी सेबालोसले इन्ज्युरी समयमा गोल गरेपछि आर्सनलले एफए कपको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गरेको छ ।

सेफिल्डको घरेलु मैदानमा आर्सनलले खेलको २५ औं मिनेटमा नै अग्रता लिएको थियो । क्रिस बासामले फरवार्ड एलेक्जेन्डर लाकाजेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । निकोलस पेपेले उक्त अवसरलाई सदुपयोग गर्दै आर्सनललाई अगाडी बढाए ।

निर्धारित ९० मिनेट खेलको ३ मिनेट बाँकी रहँदा सेफिल्ड खेलमा फर्कियो । डेविड मक्गोल्ड्रीकले घरेलु टोलीका लागि बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेल्ने संकेत दिएका थिए । तर, सेबालोसले इन्ज्युरी समयमा गोल गर्दै आर्सनललाई सेमिफाइनलमा पुर्याए ।

यसअघि शनिबारको खेलमा म्यान्चेस्टर युनाइटेडले अतिरिक्त समयमा पुगेको खेलमा नर्विच सिटीलाई २-१ ले नै पराजित गरेको थियो । बाँकी क्वाटरफाइनल खेलहरु शनिबार नै हुनेछन् । लेस्टर सिटीले चेल्सीको अतिथ्यता गर्दा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडको मैदानमा खेल्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.