5 years ago
June 29, 2020
एजेन्सी – हामेस रोड्रिग्वेजले गत सिजननै आफुले रियल म्याड्रिड छाड्न चाहेको उल्लेख गर्दै क्लबका कारण जान नमिलेको खुलासा गरेका छन् । कोलम्बियाका प्ले मेकरलाई लिन एट्लेटिको म्याड्रिडले चासो देखाएको बताइएको थियो । यद्दपी हामेसले भने क्लबको नाम खुलाउन चाहेनन् ।

‘म नाम बताउँन चाहन्न । तर मलाई राम्रो टोलीमा जाने विकल्प थियो । मलाई थाहा छ यहाँ मैले धेरै खेल्न पाउँदिन,’ उनले भने, ‘तर विभिन्न कारणले मलाई जान दिइएन । मेरो चाहनाले भन्दा पनि बाध्यताले म यहाँ छु ।’
उनले रियलमा आफुले धेरै खेल्न नपाउने बुझिसकेको पनि बताएका छन् । ‘मलाई आशा मैले भविष्यमा बढी खेल्न पाउनेछु,’ उनले थपे,’ मसँग क्षमता र प्रतिभा छ । मेहनतले मलाई खेल्न पाउने अवस्थामा पुर्याउनेछ ।’
हामेसले अक्टुबरदेखि रियलबाट खेल्ने मौका पाएका थिएनन् । अघिल्लो आइतबार रियल सोसिडाडलाई रियलले २–१ ले हराउँदा उनले पहिलो रोजाईमा खेल्ने अवसर पाएका थिए । तर उक्त खेलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा उनी फेरी बेन्चमा फर्किएका छन् । इस्को र मार्को एसेन्सियोको पुनरागमनले उनको खेल्ने सम्भावना झन् घटेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]