5 years ago
June 28, 2020
एजेन्सी – चेल्सी एफए कपको सेमिफाइनल पुगेको छ । लेष्टर सिटीलाई आइतबार १–० ले हराउँदै चेल्सी एफए कपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ ।

दोस्रो हाफमा मैदान प्रवेश गरेको रोस बाक्र्लीको गोलमा चेल्सीले जित निकालेको थियो । उनले ६३ औं मिनेटमा गोल गरेका थिए ।चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले दोस्रो हाफको सुरुवातमा एकै पटक तीन खेलाडी परिवर्तन गरेका थिए । जसमा बाक्र्ली पनि थिए ।
लकडाउन पछि सुरु भएको फुटबलमा ब्रेन्डन रोजर्सको क्लब लेस्टरले कुनै खेल जितेको छैन । म्याचेस्टर युनाइटेड शनिबार र आर्सनल आइतबार एफए कपको अन्तिम चारमा पुगेका थिए । एफए कपको अन्तिम क्वार्टरफाइनलमा न्यूक्यासल र म्यानचेस्टर सिटीबीच हुनेछ ।

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]