5 years ago
June 29, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती रियल म्याड्रिडले एस्पान्योलमाथि १-० को जित दर्ता गरेको छ । क्यासेमिरोको निर्णायक गोलमा जितसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा स्पष्ट अग्रता लिँदै पकड जमाएको छ ।

खेलको पाँचौ मिनेटमा एस्पान्योलले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर अट्याकमा अगाडी बढेको घरेलु टोलीका वु लेइको क्रसमा सर्जी डार्डरको प्रहारलाई राफाएल भारानले उत्कृष्ट ब्लक गर्दै खेल गोलरहित नै राखे ।
छैटौं मिनेटमा क्यासेमिरोको लामो दुरीको प्रयासलाई एस्पान्योलका गोलरक्षक डिएगो लोपेजले विफल पारे । लोपेज पोजिसनमा नभएको मौकामा क्यासेमिरोले आफ्नो हाफबाट गरेको लामो प्रहार लोपेजले एक हातले डाइभ दिँदै दोस्रो प्रयासमा मात्र बचाउन सकेका थिए ।
नवौं मिनेटमा क्यासेमिरोले कर्नरबाट आएको रिबाउन्डमा गरेको प्रहार गोललाइन नजिक रहेका कप्तान सर्जियो रामोसको टाउकोमा लाग्दै बाहिरियो । लगत्तै मार्सेलोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै बाहिरियो ।
२५ औं मिनेटमा वु लेइको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २७ औं मिनेटमा लेइले काउन्टरमा तीव्र गतिमा बल अगाडी बढाएपनि रामोससँग जुधेपछि आक्रमण पेनाल्टी क्षेत्र बाहिरनै नै रोकिन पुग्यो । ३१ औं मिनेटमा टोनी क्रुसको फ्रिकिकमा रामोसको हेडरले पोस्टको दिशा लिन सकेन ।

४४ औं मिनेटमा रियल म्याड्रिडले अग्रता लिने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । एकै मुभमा गोलरक्षक डिएगो लोपेजले तीन बचाउ गरेपछि रियल निराश बन्नुपरेको थियो । उनले करीम बेन्जेमा, क्यासेमिरो र इडेन हाजार्डको प्रहार विफल पारेका थिए ।
रियलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिन सफल रहयो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र ब्याकहिलमा दिएको पासलाई क्यासेमिरोले ६ यार्ड बक्सको भित्रबाट गोलमा परिणत गरे । त्यहि गोल रियललाई पहिलो हाफमा १-० को अग्रता दिलाउन पर्याप्त रहयो ।
दोस्रो हाफको ४९ औं मिनेटमा बेन्जेमाको प्रहारलाई लोपेजले दोस्रो प्रयासमा बचाए । ६६ औं मिनेटमा एस्पान्योलका राउल डे टोमसको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाए ।
८८ औं मिनेटमा काब्रेराले लाम पासमा हेडर प्रहार गर्न नसक्दा एस्पान्योल खेलमा फर्कन सकेन । इन्ज्युरी समयमा ड्यानी कार्भाजालको क्रसलाई गोलरक्षक डेविड लोपेजले रोक्दै अग्रता बढाउने अवसर दिएनन् ।
यस जितसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ । रियलको ३२ खेलमा ७१ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक रहेको छ । एस्पान्योल भने ३२ खेलमा २४ अंकसहित पुछारमा यथावत छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]