5 years ago
June 29, 2020
एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ । गए राती भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले हराउँदै सिटी सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ ।

केभिन डि ब्रुयने र रहिम स्टर्लिङले गोल गरेपछि सिटीले अन्तिम चारको यात्रा तय गरेको थियो । म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सीले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । सिटीले अब फाइनल प्रवेशका लागि आर्सनलको सामना गर्नेछ ।
अर्को सेमिफाइनल युनाइटेड र चेल्सीबीच हुनेछ । डि ब्रुयनेको पेनाल्टी गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । स्टर्लिङले ६८ औं मिनेटमा टोलीका लागि गोल थपेका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]