5 years ago
June 29, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि पछिल्लो केहि साता सुखद रहन सकेको छैन । कोरोनाका कारण लिग स्थगित हुँदा शीर्षस्थानमा रहेको बार्सिलोना अहिले रियल म्याड्रिडभन्दा २ अंकले पछाडी रहेको छ ।

सिजनको बीचमा किके सेटिनलाई नियुक्ति दिएपछि सिजन सम्हालिने सम्भावना देखिएको थियो । तर पछिल्ला केहि खेलमा अपेक्षित नतिजा आउन नसकेपछि प्रशिक्षक सेटिन र बार्सिलोना हालसम्मकै कठिन समयबाट गुज्रिरहेका छन् । खेलाडीसँग पनि सेटिनको सम्बन्ध बिग्रदै गएको छ ।
६१ वर्षीय सेटिनको नियुक्ति नै कतिपय बार्सिलोनाका खेलाडीलाई चित्त बुझेको थिएन । तर लगातार राम्रो नतिजा आउँदा सम्बन्ध सुध्रंदै गएको बुझिएको थियो । पछिल्ला खेलमा खेलाडी छनोटमा पनि प्रशिक्षक सेटिनले उचित निर्णय लिन नसक्दा खेलाडीहरु रुष्ट भएको क्लबनिकट स्रोतले जनाएको छ ।
शनिबारको खेलमा बार्सिलोना सेल्टा भिगोको मैदानमा २-२ को बराबरीमा रोकिएपछि खेलाडी र प्रशिक्षकबीच ड्रेसिङ रुममा वादविवाद नै भएको बुझिएको छ । त्यसैले पनि फरवार्ड लुइस सुआरेजले सेल्टाविरुद्ध खेलपछि पत्रकारसँग बोल्ने क्रममा सेटिन र उनको प्रशिक्षण टोलीबारे अभिव्यक्ति दिएका थिए । उक्त खेलमा सुआरेजले २ गोल गरेका थिए ।

‘ मलाई यसबारे सोध्नुभन्दा प्रशिक्षकलाई सोध्नु राम्रो हुन्छ । वहाँहरुले यसबारे अध्ययन गरेर बस्नुभएको छ,’ सुआरेजले भनेका थिए, ‘ अघिल्ला सिजनमा हामीले यस्तो खेल जितेर नै उपाधिसम्म पुगेका थियौं ।’
सुआरेजले चोटका बाबजुद पनि जारी सिजन गोलसंख्या १३ पुर्याएका छन् । सेल्टाको मैदानमा शनिबार दुई गोल गरेका सुआरेजलाई दुवै गोलमा मेस्सीले असिस्ट गरेका थिए । यसपटक भने उनी खेललाई लिएर नकारात्मक भावना विकास भइरहेको बताउँछन् ।
‘हामी किन हो नकारात्मक भावना लिएर खेलमा गइरहेका छौं जस्तो लाग्छ । हामीले दुई महत्त्वपूर्ण अंक गुमाएको छौं । अहिलेको अवस्थामा हामीले सबै खेल जितेर अझ रियलले अंक गुमाउनु पर्ने अवस्था थियो । म निकै निराश छु,’ उनले भने ।

सेल्टाविरुद्ध खेलाडीहरुले प्रशिक्षक सेटिनले गरेको खेलाडी परिवर्तनलाई लिएर विवाद गरेको बुझिएको छ । विशेषगरी लयमा नरहेका एन्टोइन ग्रिजमन र क्लब छाड्ने तयारीमा रहेका मिडफिल्डर आर्थर मेलोलाई मैदान छिराउनु गलत निर्णय लिएको खेलाडीहरुको भनाइ थियो ।
खेलाडीहरुले अहिलेको प्रशिक्षण टोलीको खेलाउने शैलीमा नै प्रश्न उठाएका छन् । खेलाडीहरुले यहि लयमा खेल्ने हो भने क्लबले कुनै पनि ट्रफी नजिती सिजन टुंग्याउने डर रहेको बुझेका छन् । त्यसैले पनि खेलाडीहरु सार्वजनिक रुपमा नै प्रशिक्षकको आलोचना गर्न थालेका हुन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]