default_image

5 years ago

June 30, 2020

जर्ज प्रिन्स क्याप्टेनमा बढुवा

475 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल खेलाडी जर्ज प्रिन्स कार्की नेपाली सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन् । २०७२ सालमा सेनामा आबद्ध भएका प्रिन्सलाई सोमबार नम्बर २ राजदल गण सुर्खेतका गणपति राजेशप्रसाद खत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

सेनासँगै खेलाडी हुन सहज नभएको उल्लेख गर्दै प्रिन्सले सफलता मिलेपछि भने गर्व महसुस हुने बताए । उनले भने, ‘यस्तो सफलताले थप हौसला मिल्छ । देश र समाजका लागि केहि गर्न पाएको महसुस हुन्छ । परिवारले गर्व महसुस गर्छ । यस्तोले अझै राम्रो गर्ने प्रेरणा मिल्छ ।’

काभ्रे ,धुलिखेल नगरपालिका शंखुमा जन्मिएका प्रिन्सले सेनामा प्रवेश गर्नुअघि २०६९ मा सी डिभिजन छनोट हुने गृह बनेपा ब्वाइज क्लब (बिबिसी) खेलेका थिए । अर्को बर्ष फ्रेन्ड्स क्लबका लागि ए डिभिजन खेलेका प्रिन्सको त्यसपछिको यात्रा भने सेना तिर मोडियो ।

२५ वर्षिय प्रिन्स मंसिरमा सेनाको सकेन्ड लेफ्टिनेन्टमा पास आउट भए । आफ्नो ब्याचको टपर रहेका उनले एक वर्ष भारतमा रहेर प्रशिक्षण पनि गरे । भारतीय सेनाको एकेडेमीमा रहँदा उनले फुटबल प्रशिक्षण लिने मौका पाए । नेपाल फर्केपछि उनलाई क्लबका प्रशिक्षक नवीन न्यौपानेले सोझै सिनियर टोलीमा समेटेका थिए ।

राष्ट्रिय टोलीमा जापानी प्रशिक्षक ग्योतोकु कोजी प्रशिक्षक रहँदा उनले घरेलु मैदानमा विश्वकप छनोट अन्तर्गत ताजिकिस्तानविरुद्ध खेलमा सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले पछिल्लो समय भने सेनाको तालिममा सहभागी हुनुपर्ने भएपछि बन्द प्रशिक्षणमा सहभागी भएका थिएनन् ।

प्रिन्स केहि समय अघि सेनाबाट ६ महिनाको प्रशिक्षणका लागि बंगलादेश गएका थिए । त्यहाँबाट फर्केपछि उनले ए डिभिजन लिगमा आर्मीको जर्सी पनि पहिरिए । आर्मीले लिगको अन्तिम खेलमा मछिन्द्रसँग पराजित हुँदै पहिलो पटक ए डिभिजन लिग जित्ने अवसर गुमाएको थियो । प्रिन्सले सरस्वतिविरुद्ध खेलमा आर्मीको जितमा निर्णायक गोल गरेका थिए । उनले लिगमा आर्मीले खेलेको सबै १३ खेलमा सहभागिता जनाएका थिए ।

प्रिन्स आक्रमणको कुनैपनि स्थानमा खेल्ने क्षमता राख्दछन् । आर्मीको आक्रमणमा नवयुग श्रेष्ठ र भरत खवाससँग खेल्ने उनले सेन्टर फरवार्ड र राइट विंगका रुपमा बढी खेलेका छन् । फ्रिकिक प्रहारमा माहिर प्रिन्सको बलियो पक्ष तीव्र गती र शक्तिशाली प्रहार हो ।

प्रिन्स यसपटक भने विश्वकप छनोटका लागि घोषणा भएको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका छन् । लकडाउनका कारण प्रशिक्षण स्थगित भएपछि उनी हाल सेनाको ड्युटीमा व्यस्त छन् । राष्ट्रिय टोलीको प्रशिक्षण सुचारु हुने भएपछि राजधानी फर्कने प्रिन्सले बताएका छन् ।

नेपालले असोजमा हुने विश्वकप छनोटको खेलमा अष्ट्रेलिया र चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ । नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ (८ अक्टोबर)मा चाइनिज ताइपेइसँग खेल्नेछ भने अष्ट्रेलियासँग त्यसको पाँच दिन पछि (असोज २७ गते) प्रतिस्पर्धा गर्नेछ । २७ कार्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.