5 years ago
June 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीले खेल्ने क्षेत्रिय स्तरको प्रतिष्ठित साफ च्याम्पियनसिपको अर्को संस्करण एक वर्ष (सन् २०२१) पछि धकेलिएको छ । कोरोना भाइरस कोभिड १९ का कारण खेलकुदका अधिकांश प्रतियोगितामा असर पर्दा साफ च्याम्पियनसि पनि अर्को वर्ष मात्र आयोजना हुने भएको हो । साफ च्याम्पियनसिप यो वर्ष हुने पर्ने थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सदस्य सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवसँग सोमबार जुम मार्फत गरेको छलफलपछि साफ अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको हो ।
बैठक मुख्यतः साफ च्याम्पियनसिपसहित, साफ महिला/पुरुष यू १५ र साफ यू १८ महिला च्याम्पियनसिपका विषयमा छलफल गर्न बैठक बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

साफका महासचिव अनवारुल हकले सहभागी फुटबल संघका महासचिवलाई स्वागत गरेका थिए । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बैठकमा भाग लिएका थिए । उमूह समूहका प्रतियोगिताका विषयमा भने अर्को बैठकमा छलफल हुने बताइएको छ ।
सिनियर टोलीले खेल्ने एक मात्र प्रतियोगिता साफ च्याम्पियनसिप नेपाल अहिले सम्म जित्न सकेको छैन । अधिकांश पटक दाबेदारको रुपमा हेरिने गरेको नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । यसअघि बंगलादेशमा भएको संस्करणमा पनि नेपाली टोली सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो । माल्दिभ्सले नै त्यो संस्करण जितेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]