default_image

5 years ago

June 30, 2020

एटलेटिकोविरुद्ध बार्सिलोनाको अग्निपरीक्षा

168 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा साविक विजेता क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा एटलेटिको म्याड्रिडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे सुरु हुनेछ ।

बार्सिलोना पछिल्लो तीन खेलमा दुई बराबरी खेल्दै उपाधि होडमा रियल म्याड्रिडभन्दा पछाडी परेको छ । कोरोना संक्रमणको समयमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोना हाल भने रियलभन्दा २ अंक पछाडी रहेको छ ।

सेभिल्लासँग बराबरीपछि शीर्षस्थानमा पकड गुमाएको बार्सिलोना हेड टु हेडमा पछाडी परेको थियो । तर सेल्टा भिगोसँग २-२ को बराबरीले रियल म्याड्रिडले अग्रता लिने अवसर पाएको थियो । आफ्नो खेलमा पुछारको एस्पान्योललाई हराउँदै रियलले बार्सिलोनासँग २ अंकको अग्रता लियो ।

यता कोरोना संक्रमणपछि रियलको छिमेकि टोली एटलेटिको म्याड्रिडले पनि लगातार चार जित हासिल गरेको छ । पहिलो खेलमा एथ्लेटिक बिल्बाओसँग १-१ को बराबरीमा रोकिएपनि त्यसपछि भने डिएगो सिमिओनीले लगातार जित हासिल गर्दै आएको छ । एटलेटिकोले ओसासुना, रियल भालाडोलिड, लेभान्ते र अलाभेसलाई पराजित गरेको हो ।

एटलेटिको पछिल्लो नतिजाले लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । चौथो स्थानको सेभिल्लाभन्दा एटलेटिको ४ अंक अगाडी छ भने पाँचौ स्थानको भिल्लारियलभन्दा ७ अंक अगाडी छ । लकडाउनअघि शीर्ष ४ मा पुग्ने शंका रहेपनि पछिल्लो नतिजाले भने एटलेटिकोको युरोपको टिकट पक्का भएको छ ।

जारी सिजन एटलेटिकोले जम्मा ४ खेलमा पराजय भोगेको छ । लिगमा रियलले भोगेको ३ हार नै उत्कृष्ट नतिजा हो । लिगमा १३ खेल बराबरी खेल्दा एटलेटिकोले धेरै अंक गुमाएको छ । एटलेटिकोले लिगको ३२ खेलमा जम्मा २३ गोल खाएको छ । तर आक्रमणमा मात्र ४१ गोल गर्नुले एटलेटिकोको समस्या बल्झेको हो ।

बार्सिलोनाले पछिल्लो खेलमा दुई पटक अग्रता लिएपनि जित हासिल गर्न सकेन । बार्सिलोनाले कोरोनापछि लिग सुचारु हुँदा मालोर्का र लेगानेसलाई पराजित गरेपनि त्यसपछि तीन खेलमा भने एक जित मात्र हासिल गरेको छ । बार्सिलोनाले यस खेलमा जित हासिल गर्न नसके रियल म्याड्रिड उपाधि होडमा सुदृढ अवस्थामा हुनेछ ।

सेल्टाविरुद्ध खेलपछि बार्सिलोनाका प्रशिक्षक र खेलाडीबीच विवाद भएको घटनाले चर्चा बटुलेको थियो । खेलाडी परिवर्तन गर्ने निर्णयलाई लिएर खेलाडीहरु नै सन्तुष्ट नभएको बुझिएको छ । लिग उपाधि रक्षा गर्ने लक्ष्यमा पछाडी परेको बार्सिलोनाले लगातार टोलीमा परिवर्तन गर्दा पनि प्रदर्शन खस्केको आंकलन गरिएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.