default_image

5 years ago

June 30, 2020

शीर्षस्थानको युभेन्टसले जेनोआको समान गर्दै

173 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत लिगको शीर्षस्थानमा रहेको युभेन्टसले मंगलबार रेलिगेसन क्षेत्र नजिक रहेको जेनोआको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:३० बजे सुरु हुनेछ ।

युभेन्टस लिगमा लगातार छैटौं जित दर्ता गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । युभेन्टस दोस्रो स्थानको लाजियोभन्दा ४ अंकले अगाडी छ । यता जेनोआ भने लिगको १७ औं स्थानमा रहेको छ । रेलिगेसन क्षेत्रभन्दा १ अंक माथि रहेको जेनोआ घरेलु मैदानमा साविक विजेताविरुद्ध कम्तिमा १ अंक जोड्न चाहन्छ ।

सन् २००६-०७ सिजनदेखि लगातार शीर्ष श्रेणीमा खेल्दै आएको जेनोआ यसपटक घटुवा हुने खतरामा छ । गत सिजन १७ औं स्थानमा रहँदै रेलिगेसन टारेपनि यस सिजन प्रदर्शन सुध्रन सकेको छैन । जेनोआले लिगको २८ खेलमध्ये ६ खेलमा मात्र जिद दर्ता गरेको छ । २६ जम्मा २६ अंक जोडेको टोली १८ औं स्थानको लेच्चेभन्दा १ अंक माथि छ ।

जेनोआले पछिल्ला केहि खेलमा भने सुखद संकेत दिएको छ । पछिल्लो ८ खेलमा २ मात्र हार बेहोरेको जेनोआले यसक्रममा काग्लियारी, बोलोग्ना र एसी मिलानलाई पराजित गरेको थियो । पछिल्लो खेलमा ब्रेसियासँग २-२ को बराबरीले भने टोलीलाई केहि असर परेको छ ।

युभेन्टसले कोरोना संक्रमणबाट लिग सुचारु भएपछि दुवै खेलमा जित दर्ता गरेको छ । कोप्पा इटालियामा अपेक्षित नतिजा नआएपनि युभेन्टसले लिगमा भने आफ्नो अग्रता बढाउने अवसरलाई सदुपयोग गरेको छ । बोलोग्नामाथि २-० को जित दर्ता गरेको युभेन्टसले त्यसपछिको खेलमा लेच्चेलाई ४-० ले पराजित गरेको थियो ।

पछिल्लो पाँच लिग खेलमा जित हासिल गरेको युभेन्टस हाल लाजियोभन्दा ४ अंकले अगाडी छ । तर लाजियोले यस खेलअघि टोरिनोको सामना गर्नेछ । त्यस नतिजाले पनि युभेन्टसको मनोबलमा असर पर्नेछ । जेनोआले गत सिजन युभेन्टसलाई २-० ले पराजित गरेको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.