5 years ago
June 30, 2020
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का उरुग्वेली फरवार्ड एडिन्सन काभानीले स्पेनिस क्लब एटलेटिको म्याड्रिडसँग खटपट परेपछि अर्को सिजन इटालियन सिरी ए मा खेल्ने भएका छन् ।

जनवरी ट्रान्सफर विन्डोमा एटलेटिको म्याड्रिड र काभानीबीच व्यक्तिगत सम्झौता भएपनि दुई क्लबबीच ट्रान्सफर रकमलाई लिएर समझदारी हुन नसक्दा ट्रान्सफर रोकिएको थियो । म्याड्रिड टोलीका अनुसार काभानीका दाजु र एजेन्टले छलफलका क्रममा गरेको व्यवहारले क्लब रुष्ट भएको थियो ।
एटलेटिकोका अध्यक्ष एन्रिके सेरेजोले सार्वजनिक रुपमा नै उनको एजेन्टको आलोचना गरेका थिए । ‘ काभानीको विषयमा जे भयो, एकदम नराम्रो भयो । हामी यहाँ उनको परिवारबाट लुटिन आएका हैनौं,’ सेरेजोले भने ।

यता काभानीका दाजुले भने एटलेटिकोको बुझाइ गलत रहेको दावी गरे । ‘पीएसजीको पनि केहि माग थियो । एटलेटिकोले त्यसलाई पूरा गर्न नमानेपछि पीएसजीले पनि पछाडी नहट्ने बतायो । दुवै क्लबबीच समझदारी हुन नसक्दा नै ट्रान्सफर सफल हुन सकेन,’ उनले भने ।
काभानीले पीएसजीमा झन्डै ७ वर्षको बसाईंपछि फेरी इटालियन लिग नै फर्कने सम्भावना बलियो देखिएको छ । उनलाई अनुबन्ध गर्न एएस रोमाले छलफल थालिसकेको छ । यसअघि काभानीले सन् २००२ देखि २०१३ सम्म इटालीमा खेलेका थिए । उनले सन् २००२ देखि पालेर्मोबाट खेल्दै सन् २०१० मा नेपोलीको जर्सी लगाएका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]