default_image

5 years ago

July 1, 2020

युनाइटेडको सहज जित

126 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । गए राती भएको खेलमा युनाइटेडले ब्रुनो फर्नान्डेजको उच्च प्रदर्शनमा ब्राइटोनलाई ३–० ले हराउँदै आठौं खेलमा अपराजित रहेको छ ।

युनाइटेडले पहिलो हाफमा २ र दोस्रो हाफमा अर्को गोल थपेको थियो । मासन ग्रिनउडले १६ औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । फर्नान्डेजले २९ औं मिनेटमा गोल गरेपछि युनाइटेडले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको पाँचौं मिनेटमा फर्नान्डेजले अर्को गोल थप्दै युनाइटेडको अग्रतालाई फराकिलो बनाए । जितसँगै युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावनालाई यथावत राखेको छ ।  जितपछि युनाइटेड(५२ अंक) पाँचौ स्थानमा उक्लेको छ । चौथो स्थानको चेल्सी भन्दा युनाइटेड २ अंकले पछाडि छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.