5 years ago
July 1, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा बार्सिलोना घरेलु मैदानमा एटलेटिको म्याड्रिडसँग २-२ को बराबरीमा रोकिएपछि शीर्षस्थानमा उक्लन सकेन ।

उपाधि लक्ष्यसाथ अगाडी बढेको बार्सिलोना लगातार दोस्रो खेलमा जित हासिल गर्न नसक्दा प्रशिक्षक किके सेटिन दबाबमा छन् । तर उनले पछिल्लो नतिजालाई लिएर आफ्नो बार्सिलोनासँगको भविष्यबारे कुनै डर नरहेको उनले बताएका छन् ।
‘मलाई आफ्नो भाविस्ज्यलाई लिएर कुनै डर छैन,’ उनले भने, ‘जित दर्ता गर्न नसक्नु खराब नतिजा हो । हामीले सोचेजस्तो खेल्न सकिरहेका छैनौं । हरेक खेलपछि चुनौती थपिएको छ ।’
‘हरेक खेलमा अंक गुमाउँदा हाम्रो उपाधि जित्ने लक्ष्य सफल हुन सक्दैन । यसो भन्दा हामीले मिहिनेत गर्न भने छोड्नुहुन्न । एटलेतिको राम्रो टोली हो, हामीले सक्दो प्रयास गरेका हौँ ।’

प्रशिक्षक सेटिनले विपक्षी टोलीका डिएगो सिमिओनीको रणनीतिमा परिवर्तन गर्न मिडफिल्डर रिकी पुजलाई पहिलो रोजाईमा खेलाएका थिए । पछिल्ला खेलमा बेन्चबाट आएर राम्रो प्रभाव जमाएपछि पुजले सुरुवाती रोजाईमा खेल्दै राम्रो प्रदर्शन गरे ।
‘ हामीले टोलीमा केहि परिवर्तन गरेका थियौं । त्यसले केहि हदसम्म टोलीलाई फाइदा पनि गरेको छ,’ सेटिनले भने, ‘एटलेटिकोले रक्षात्मक रुपमा राम्रो खेल्यो । हामीले खुलेर खेल्ने ठाउँ दिएन र पूरा समय डटेर खेल्यो ।’
एटलेटिकोसंग बराबरीमा अंक गुमाएपनि सेटिनले प्रदर्शनका आधारमा भने असन्तुष्ट रहने ठाउँ नरहेको बताए ।
‘म प्रदर्शनलाई लिएर खुसी नै छु । हामीले खेलमा अधिकांश समय नियन्त्रण बनाएका थियौं । जित दर्ता गर्न नसक्दा दुख भने लागेको छ,’ उनले भने, ‘ यस्ता टोलीसँग कहिलेकहीं जित्न सहज हुन्न । उनीहरु अनुशासित भएर आफ्नो योजनामा खेल्छन् । म आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट छु ।’
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]