default_image

5 years ago

July 1, 2020

बार्सिलोनाका बुस्केट्स भन्छन् – ‘उपाधि यात्रा कठिन छ’

174 views

0 Bookmark

एजेन्सी –ला लिगामा मंगलबार एट्लेटिको म्याड्रिडसँग २–२ को बराबरी खेलेपछि बार्सिलोनाको उपाधि यात्रा कठिन देखिएको छ । टोलीका महत्त्वपूर्ण सदस्य मध्येका एक सर्जियो बुस्केट्सले पनि उपाधि यात्रा कठिन भएपनि प्रयास भने जारी राख्ने बताएका छन् ।


बार्सिलोनो भन्दा शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १ अंक बढी छ । त्यस्तै बार्सिलोनाको भन्दा रियलले १ खेल कम खेलेको छ । जसले बार्सिलोनालाई अझै पछाडि छाड्ने अवसर रियलसँग छ ।

‘उपाधिका लागि कठिन भएको छ । रियलले हामीबाट धेरै फाइदा पाएको छ,’ उनले भने,’ यद्दपी गणतिय सम्भावना अझै बाँकी छ । यात्रा कठिन छ भन्ने थाहा छ तर हामी प्रयास भने गर्ने छ । ‘

बार्सिलोनासँगको खेलमा एट्लेटिकोले २ वटा पेनाल्टी पाएको थियो । त्यमा भने बुस्केट्सले विवाद गर्न चाहेनन् । ‘उनीहरु कठिन प्रतिद्वन्द्वी हुन । ती पेनाल्टी हाम्रा लागि सजाय भए,’ उनले भने, ‘हरेक टोलीले भिएआर आफ्नो पक्षमा नतिजा चाहन्छन् । पेनाल्टीका बारेमा मलाइ खासै जानकारी भएन । म त्यसका बारेमा यसै भन्न सक्दिन ।’

रियल उपाधिका बाटोमा निकै मजबुद रहेको बुस्केट्सले बताएका छन् । ‘अहिले हेर्दा रियलले अंक गुमाउने सम्भावना कम छ,’ उनले भने, ‘ उनीहरुले एकदमै राम्रो खेलिरहेका छन् । अन्तिम समयसम्म पनि हामीले मिहिनेत गर्न भने छाड्ने छैनौं ।’

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.