5 years ago
July 1, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि पछिल्लो केहि दिन सुखद रहन सकेको छैन । क्लबमा खेलाडी र प्रशिक्षकबीच विवादका कारण मैदानभित्र प्रदर्शनमा असर परेको टिप्पणी हुन थालेको छ । यस विवादको चुरो भने क्लबका शीर्ष खेलाडी र सहायक प्रशिक्षक एडर सराबियाबीच बढ्दो तिक्तता रहेको छ ।

बार्सिलोनाले सेल्टा भिगोको मैदानमा २-२ को बराबरी खेलेपछि रियल म्याड्रिडलाई शीर्ष स्थानमा स्पष्ट अग्रता लिने अवसर जुरेको थियो । उक्त खेलमा अन्तिम समयतिर खेलाडी परिवर्तन गरेको विषयमा क्लबका खेलाडी र प्रशिक्षण टोलीबीच खेल सकिएपछि ड्रेसिङ रुममा वादविवाद भएको खबर पनि बाहिरियो ।
विशेषगरी कप्तान लिओनेल मेस्सी र लुइस सुआरेजले सार्वजनिक रुपमा नै क्लबका प्रशिक्षकको आलोचना गर्नुले क्लबमा समस्या रहेको प्रष्ट पारेको छ । खेलको समयमा पनि खेलाडीहरुको व्यवहारले यसलाई थप पुष्टि गरेको छ । सेल्टाविरुद्ध बराबरीपछि प्रशिक्षणका क्रममा पनि खेलाडी र प्रशिक्षण टोलीबीच यस विषयमा लामो छलफल भएको बुझिएको छ ।
खेलाडीहरुले प्रशिक्षण टोलीको प्राविधिक र रणनीतिक निर्णयमा असन्तुष्टि व्यक्त गरेका छन् । समस्या यहाँसम्म पुगेको छ की सार्वजनिक अन्तर्वार्तामा नै खेलाडीले प्रशिक्षकमाथि दोषारोपण गर्न थालेका छन् । बार्सिलोनामा खेलाडी र प्रशिक्षकको दुई गुट जस्तो नै बनेको छ । यो सबै विवादको मुख्य कारण भने मुख्य प्रशिक्षक सेटिन नभएर उनको सहायक एडर सराबिया र खेलाडी समक्ष उनको प्रस्तुतिलाई मानिएको छ ।

सेल्टाविरुद्ध बराबरीपछि सुआरेज र मेस्सीले खुलेर नै सराबियाको निर्णय लिने क्षमतामाथि प्रश्न उठाएका छन् । कप्तान मेस्सीले सेटिन मुख्य प्रशिक्षक रहेकाले उनीसँग नै खेलाडीले छलफल गर्ने बताएका छन् । क्लासिकोमा खेलाडीहरुको प्रदर्शनलाई लिएर सराबियाले प्रश्न उठाएपछि सुरु भएको तिक्तताले अब उग्र रुप लिएको छ ।
सेटिन आफैंले पनि खेलाडीहरुसँग यस विषयमा विशेष छलफल गरेको स्वीकारेका छन् । तर उनले हाललाई यो विषय भन्दापनि टोलीको प्रदर्शन मुख्य विषय रहेको बताए । सेल्टाविरुद्ध खेलमा कुलिङ ब्रेकका दौरान मेस्सीले सराबियालाई बेवास्ता गरेको भिडियो सार्वजनिक भएपछि घटनाले अर्को मोड लिएको छ । सेटिनले भने यस विषयमा बोल्न चाहेनन् ।
मेस्सीले सराबियालाई बेवास्ता गरेको भिडियो :
— 🎦 FCBW Media (@FCBW_Med1a) June 28, 2020
भिडियोमा सराबियाले मेस्सीलाई केहि भनिरहँदा उनले बेवास्ता गर्दै गएको देखिन्छ । पछि सुआरेजले बोलाएपछि मेस्सी फर्केपनि सराबियालाई भने बेवास्ता नै गरिरहे । खेलका दौरान सार्वजनिक रुपमा नै यस्तो व्यवहार गरेपछि प्रशिक्षण र अन्य समयमा प्रशिक्षण टोलीसँग खेलाडी असन्तुष्ट रहेको क्लब स्रोतले नै पुष्टि गरेका छन् ।
खेलाडीहरुले सराबियाले आवश्यकताभन्दा बढी बोल्ने गरेको बताएका छन् । सेटिनले पनि सराबियालाई बढी स्थान दिएको कारण खेलाडीहरु खुसी छैनन् । प्रशिक्षण मात्र नभएर खेलका दौरान पनि सराबिया सक्रिय रहंदा खेलाडीहरुको प्रदर्शनमा नै असर परेको हुनसक्छ । यसैपनि दबाबमा रहेको बार्सिलोना अन्तरिक कलहका कारण नतिजा पनि निकाल्न सकिरहेको छैन ।

को हुन् सराबिया ?
सराबियाका पिता मानु सराबिया एथलेटिक बिल्बाओका पूर्व खेलाडी हुन् । एडर आफैं पनि खेलाडी थिए तर उनले २४ वर्षको उमेरमा नै चोटका कारण संन्यास लिनुपर्यो । एडरका पिता मानुले खेलाडी छँदा नै सेटिनसँग लोग्रोनेसबाट सँगै खेलेका थिए ।
खेलाडी करिअर अगाडी बढाउन नसकेपछि प्रशिक्षक करिअरमा होमिएका एडर भिल्लारियलको युथ टोलीका प्रशिक्षक थिए । उनको कामबाट प्रभावित भएपछि सेटिनले लास पाल्मासमा प्रशिक्षक रहँदा एडरलाई आफ्नो टोलीमा समेटेका थिए । त्यसपछि बेटिसमा पुगेका यी दुई बार्सिलोनामा पनि सँगै आए ।

लास पाल्मासमा सेटिनको विश्वासपात्र बनेका सराबिया टचलाइनमा आक्रामक प्रस्तुतिका लागि प्रख्यात छन् । उनले त्यसबेला ६ पटक टचलाइनमा रातो कार्ड खाँदै १० खेल गुमाएका थिए । एडरको आक्रामक प्रस्तुति खेलमा मात्र नभएर प्रशिक्षणमा पनि रहने गर्छ, जुन बार्सिलोनाको खेलाडीलाई मन परेको छैन ।
खेल दौरान उनको व्यवहारले खेलाडीहरु रुष्ट छन् । विशेषगरी एल क्लासिकोमा खेलाडीहरुलाई टचलाइनबाट नै अपशब्द बोल्दै गालि गरेपछि विवाद सतहमा एको हो । सेटिनले सराबियाको तर्फबाट माफी मागेपनि उनको शैली भने परिवर्तन गर्न नसकिने बताएका छन् ।
सारबियाले विगतमा क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेको कारण पनि समर्थकहरुले उनलाई राम्रो मानेका छैनन् । यसबाहेक जिनेदिन जिदान, करीम बेन्जेमा र रियल म्याड्रिडको एकेडेमीको प्रशंसा गरेको ट्वीट पनि देखिएको छ । यसले उनीमाथि समर्थकबाट थप दबाब देखिएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]