default_image

5 years ago

July 2, 2020

चेल्सी वेस्टह्यामसँग स्तब्ध

177 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सी वेस्टह्याम युनाइटेडसँग स्तब्ध बनेको छ । लन्डन स्टेडियममा बुधबार राति भएको खेलमा चेल्सी घरेलु टोली वेस्टह्यामसँग ३–२ ले स्तब्ध बनेको हो ।

वेस्टह्यामको जितमा टोमस सौसेक, मिचेल एन्टेनियो र एन्ड्री यारमोलेन्कोले गोल गरे । चेल्सीका लागि दुवै गोल विलियनले गरेपनि हार टार्न सकेन । खेलको सुरुवातदेखि नै चेल्सीले घरेलु टोलीमाथि दवाव बढाएको थियो ।

छैटौं मिनेटमा वेटह्यामका गोलरक्षक लुकास फावियान्स्कीले मार्काेस अलन्सोको प्रहारलाई बचाउदा चेल्सी अग्रता लिनबाट चुकेको थियो । ११औं मिनेटमा विलियनले ढिला गरी प्रहार गार्दा गोलरक्षक फावियान्स्की नै बाधक बने । १५औं मिनेटमा घरेलु टोलीले पहिलो आक्रमण बुन्दा एन्टेनियो रुडिगरले क्लियर गरिदिए ।

१९औं मिनेटमा रोस बार्कलीको प्रहारमा पुनः गोलक्षक फावियान्स्कीनै बाधक बने । ३४औं मिनेटमा घरेलु टोलीका टोमस सौसेकले गोल गरेपनि भिडियो असिस्टेन रेफ्री (भिएआर) मा उनी अफसाइड ठहरिए ।

४२औं मिनेटमा चेल्सीले पेनाल्टीमार्फत १–० को अग्रता लिन सफल भयो । इसा डियोपले क्रिस्टियन पुलिसिसलाई पेनाल्टीबक्समा फउल गरेपछि प्राप्त पेनाल्टीमा विलियन चुकेनन् । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा टोमस सौसेकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

५१औं मिनेटमा मिचेल एन्टेनियोले गोल गर्दै वेस्टह्यामलाई खेलमा २–१ को अग्रता दिलाए । जाररोड वोवेनको पासमा एन्टेनियोले सहज गोल गरेका थिए । वोवेनले पहिलो गोलमा पनि असिस्ट दिएका थिए । ७२औं मिनेटमा विलियनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । २५ यार्डमा प्राप्त फ्रिकिकलाई विलियनले सिधै गोलमा परिणत गरेका थिए ।

खेल सकिन एक मिनेट बाँकी रहँदा यारमोलेन्कोले गोल गर्दै चेल्सीलाई ३–२ ले स्तक्ध पारे । बल पोजेसनमा पकड जमाएपनि चेल्सीको अग्रपङ्ति चुक्दा चेल्सीले हार बेहोर्न बाध्य बन्यो ।

हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने अवसर गुमाउँदा शीर्ष चारमा बलियो पकड बनाउने मौका गुमाएको छ । चेल्सीको ३२ खेलबाट ५४ अंक रहेको छ । समान खेलबाट तेस्रोस्थानमा रहेको लेस्टर सिटीको ५५ तथा पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५२ अंक रहेको छ । चेल्सीलाई पराजित गरेको वेस्टह्याम ३० अंक जोडेर रेलिगेसन जोन छाडेर १६औं स्थानमा उक्लिएको छ ।

अन्य नतिजा

बर्नमाउथविरुद्ध न्युक्यासल युनाइटेड (१–)

आर्सनलविरुद्ध नर्विच सिटी (–०)

एभर्टनविरुद्ध लेस्टर सिटी (–१)

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.