5 years ago
July 2, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सी आफ्नो पूर्व क्लब नेवेल्स ओल्ड ब्वाइज फर्कने सम्भावना असम्भव नरहेको अर्जेन्टिनी क्लबका उपाध्यक्ष क्रिस्टियन डी’अमिकोले बताएका छन् ।

अमिकोले टिएनटि स्पोर्ट्ससँग अन्तर्वार्ताका क्रममा मेस्सी क्लब फर्कने विषयमा चर्चा गर्दै खेलाडी आफैंले यस सम्भावनालाई नकार्न नसकेको बताए । उनले विगतमा म्याराडोनाको समेत उदाहरण प्रस्तुत गर्दै मेस्सी क्लब फर्कनेमा आफू आशावादी रहेको बताए ।
‘मलाई लाग्दैन की मेस्सीको पुनरागमन असम्भव छ,’ अमिकोले भने, ‘यो नितान्त मेस्सी र उनको परिवारले लिने निर्णय हो । हामीले उनलाई सहज रुपमा निर्णय लिने वातावरण बनाउने मात्र हो ।’
‘ इतिहास साक्षी छ, जब म्याराडोना नेवेल्स आएका थिए, कसैले पनि सोचेका थिएनन् की उनी एकदिन फर्कनेछन् । मलाई आशा छ की मेस्सीले पनि सोहि किसिमको निर्णय लिएर घर फर्कनेछन् ।’
‘मैले चर्चाका लागि मात्र बोलिरहेको छैन । यसबारे धेरै छलफल गर्न पनि सकिन्न,’ उनले भने, ‘जो पनि नेवेल्सको समर्थकले एकदिन मेस्सीलाई आफ्नो टोलीको जर्सीमा देख्न चाहन्छ । उनी विश्वका सर्वश्रेष्ठ खेलाडी हुन् । समयले हामीलाई कहाँ पुर्याउँछ भन्ने हेर्न धैर्यताका साथ बसेका छौं ।’

अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर तथा हाल नेवेल्सका खेलाडी म्याक्सी रोड्रीग्वेजले पनि आफ्नो धरान राखे । ‘मलाई आशा छ उनी यहाँ फर्केर आउनेछन् । समर्थकका लागि उनको पुनरागमन सपना जस्तै हुनेछ,’ म्याक्सीले भने ।
‘मेस्सीको यो निर्णयमा परिवारको पनि भूमिका हुन्छ । कतिपय अवस्थामा परिवारको कारण नै क्लब बदल्ने स्थिति नबन्न सक्छ । तर उनी फर्कने निर्णय गर्छन् भने उनले चाडैं गरेको हेर्न चाहन्छु । यसो हुँदा मात्र मैले उनीसँग खेल्न पाउँछु,’ लिभरपुल र एटलेटिको म्याड्रिडका पूर्व मिडफिल्डरले भने ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]