default_image

5 years ago

July 2, 2020

इन्टर मिलानको आधा दर्जन गोल

145 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले सानदार जित निकालेको छ । घरेलु मैदानमा इन्टरले रेलिगेसन जोनमा रहेको ब्रेसियामाथि ६–० को फराकिलो जित निकालेको हो ।

मिलानोमा बुधबार राति भएको खेलमा इन्टर मिलानको फराकिलो जितमा एस्ले योङ, एलेक्सिस सान्चेज, डानिलो डि एम्ब्रोसियो, रोवर्टाे गाग्लियरडिनी, क्रिस्टियन इरिक्सन र एन्टेनियो क्यानड्रेभाले गोल गरे। एकपक्षीय बनेको खेलमा इन्टर मिलानले खेलको सुरुवातदेखि नै गोल गर्दा गोल गर्ने श्रृंखलालाई अन्तिमसम्म जारी राखेको थियो ।

पाँचौ मिनेटमा योङले गोल गर्दै इन्टर मिलानलाई खेलमा अघि बढाएका थिए । २०औं मिनेटमा सान्चेजले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डानिलोले गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाउदा दोस्रो हाफमा पनि ३ गोल थप्न सफल भएको थियो ।

५२औं मिनेटमा रोबर्टाेले गोल गर्दै इन्टर मिलानलाई फराकिलो जिततर्फ अग्रसर गराए । खेल सकिन अन्तिम सात मिनेट बाँकी रहँदा इरिक्सन ८३ र एन्टेनियोले ८८औं मिनेटमा गोल गरेपछि इन्टरले ६–० को सानदार जित निकाल्यो ।

जितसँगै तेस्रो स्थानमा रहेको इन्टर मिलानको २९ खेलबाट ६४ अंक पुगेको छ । पराजित ब्रेसिया १८ अंक जोडेर पुछारमा यथावत छ ।

अन्य नतिजा

फियोरेन्टिनाविरुद्ध सासुलो (१–)

हेलास भेरोनाविरुद्ध पर्मा (–२)

लिसविरुद्ध साम्पडोरिया (१–)

एसपालविरुद्ध एसी मिलान (२–२)

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.