default_image

5 years ago

July 2, 2020

प्रशिक्षक सेटिनमाथि ग्रिजमन परिवारको आक्रोश

164 views

0 Bookmark

एजेन्सी – बार्सिलोना प्रशिक्षक किके सेटिनलाई फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनका पारिवारिक सदस्यले सामाजिक संजालमार्फत नै उनीप्रति गरेको व्यवहारलाई लिएर आक्रोश पोखेका छन् ।

पछिल्लो समय निकै कठिन परिस्थितिबाट गुज्रिरहेका ग्रिजमनले मंगलबार आफ्नो पूर्व क्लब एटलेटिको म्याड्रिडविरुद्ध अर्को समस्याबाट गुज्रनुपर्यो । खेलको ८९ औं मिनेटमा मैदान प्रवेश गरेका ग्रिजमनले आफ्नो टोलीले २-२ को बराबरीमा रोकिएको अवस्थामा खेलमा कुनै प्रभाव छोड्ने मौका नै पाएनन् ।

सेटिनले ग्रिजमनलाई पछिल्लो तीनमध्ये चार खेलमा बेन्चमा राख्दा निकै आलोचना हुँदै आएको छ । दोस्रो हाफको पूरा समय नै ग्रिजमन वार्मअप गरिरहेका थिए । आफ्नो पूर्व क्लब विरुद्ध घरेलु मैदानमा खेल्न नपाउँदा ग्रिजमनको मनोबल गिर्नु स्वभाविक हो । तर यस अवस्थाबारे उनी मौन रहेपनि उनको परिवारले भने सामाजिक संजालमार्फत आक्रोश पोखेका छन् ।

खेलपछि प्रशिक्षक सेटिनले दिएको अभिव्यक्तिले परिवारलाई झनै चिढाएको थियो । सेटिनले ग्रिजमनलाई नाखेलाउनुको कारण सार्वजनिक रुपमा बताउन चाहेनन् । उनले आफू खेलाडीसँग व्यक्तिगत रुपमा छलफल गर्ने र माफी माग्नुपर्ने अवस्था भने नरहेको बताएका थिए ।

सेटिनले यसो भनिरहँदा ग्रिजमनका पिता अलेन भने चुप रहेका छैनन् । पिता अलेनले सेटिनको यस अभिव्यक्तिलाई स्क्रिनसट लिँदै आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘खुलेर बोल्नका लागि तिमिसँग ट्रकको चाबी हुनुपर्छ । तर तिमि उक्त ट्रकको एक यात्रु मात्र हौ ।’

ग्रिजमनका भाइ थिओ ग्रिजमनले पनि सामाजिक संजालमार्फत आफ्नो दाजुले खेल्न नपाएकोमा दुख पोखेका छन् । उनले ग्रिजमनले आफ्नो पूर्व क्लबविरुद्ध अन्तिम समयमा मात्र मैदान छिरेको पक्षलाई ट्वीटमा लेखेका छन् ।

‘दुई मिनेट… मलाई साँच्चै रुन मन लागेको छ,’ थिओले लेखेका छन् ।

सेटिनको यसअघि ब्राजिलियन मिडफिल्डर आर्थर मेलोको आमासँग पनि यस्तै समस्या रहेको थियो । सेटिनले सार्वजनिक रुपमा नै आर्थरले खेल्न नसकेको बताएपछि उनको आमाले सेटिनको आलोचना गरेकी थिइन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.