default_image

5 years ago

July 2, 2020

आर्सनलको सानदार जित, एभर्टनसँग लेस्टरको हार

129 views

0 Bookmark

एजेन्सी– कप्तान पिएरे इमरिक औवामियाङको दुई गोल सहयोगमा लन्डन क्लब आर्सनलले सानदार जित निकाल्दा लेस्टर सिटी एभर्टनसँग स्तब्ध बनेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा आर्सनलले रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि ४–० को सानदार जित निकालेको हो । आर्सनलको जितमा कप्तान औवामियाङले दुई तथा ग्रानिट जाका र सेडरिक सोरेसले गोल गरे ।

खेलको ३३औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ३७औं मिनेटमा जाकाले गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता कायम गर्‍यो । ६७औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलको जित पक्का गरे ।

८१औं मिनेटमा सेडरिक सोरेसले गोल गर्दै आर्सनललाई ४–० को सानदार जित दिलाए ।  जितसँगै आर्सनल ३२ खेलबाट ४६ अंक जोडेर सातौ स्थानमा उक्लदा नर्विच सिटीलाई रेलिगेसन दवाव बढेको छ । नर्विच २१ अंक जोडेर पुछारमा यथावत छ ।

यस्तै अर्काे खेलमा एभर्टनले लेस्टर सिटीमाथि २–१ को जित निकालेको छ । एभर्टनको जितमा रिचार्लीसन र गिल्फी सिगुर्डसनले गोल गरे । लेस्टरका केलिची ले एक गोल फर्काए ।

जितसँगै एभर्टन ४४ अंक जोडेर ११औं स्थानमा उक्लदा लेस्टर ५५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.