5 years ago
July 2, 2020
एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेस लामो समयदेखि म्यानचेस्टर युनाइटेडको नजरमा थिए । तर पछिल्ला ट्रान्सफर विन्डोमा दुई क्लबबीच सहमति बन्न नसक्दा उनको प्रिमियर लिग यात्रा सफल हुन सकेन ।

यसपटक भने सिजनको बीचमा रहेको जनवरी ट्रान्सफर विन्डो नै भएपनि युनाइटेडले पछि नहट्ने निर्णय गर्यो । स्पोर्टिङ लिस्बनको मागअनुसार नै ट्रान्सफर रकम तिर्दै अन्तत: ब्रुनो युनाइटेड आए । प्रशिक्षक ओले गनर सोल्सायरको नेतृत्वमा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । मिडफिल्डर पल पोग्बाको चोट र सम्बन्धमा आएको चिसोपनले प्रत्यक्ष असर गरेको देखिन्थ्यो ।
ब्रुनो आउनुअघि युनाइटेडले खेलेका पछिल्ला ८ खेलमा नतिजा बिर्सनलायक थियो । युनाइटेडले ४ खेलमा पराजय बेहोर्दा ३ खेलमा जित र एक खेल बराबरीमा सकिएको थियो । यसक्रममा ११ गोल गरेको युनाइटेडले १० गोल खाएको थियो । मिडफिल्डमा ब्रुनो आएपछि भने टोलीको प्रदर्शन त सुध्रिएको छ नै, त्यसले नतिजामा पनि प्रत्यक्ष प्रभाव छोडेको छ ।
मिडफिल्डको मध्यभागमा खेल्ने ब्रुनोले आक्रमणमा बेग्लै शक्ति थपेका छन् । रक्षात्मक रणनीतिमा पनि उनको उपस्थिति देखिन्छ । उनले बल पोसेसनसँगै फरवार्डहरुलाई प्रयोग गर्ने क्षमता राख्दछन् । ब्रुनो आएयता युनाइटेडले खेलका ८ खेलमा अपराजित रहेको छ । टोलीले ५ खेलमा जित हासिल गर्दा ३ खेल बराबरीमा सकिएको छ ।

युनाइटेडले यसक्रममा १५ गोल गर्दा मात्र २ गोल खाएको छ । ब्रुनो आफैंले पनि ५ गोल गर्दै ३ असिस्ट प्रदान गरेका छन् । मतलब युनाइटेडले यस समयमा गरेको आधा भन्दा बढी गोलमा उनको प्रत्यक्ष संलग्नता रहेको छ । प्रिमियर लिगमा यस समयमा उनीभन्दा बढी गोलमा संलग्न अरु खेलाडी छैनन् ।
प्रिमियर लिगमा आउने बितिकै ब्रुनोले छोडेको प्रभाव प्रशंसनीय छ । सामान्यतया अन्य लिगको तुलनामा प्रिमियर लिग कठिन मानिने गर्छ । प्रतिद्वन्द्वीको स्तरमात्र नभएर यसले माग गर्ने शक्ति जो कोहिले सुरुवातमै मिलाउन सक्दैन । तर ब्रुनोको प्रदर्शन हेर्दा उनले लामो समयदेखि यसै लिगमा खेलेझैं लाग्छ ।
ब्रुनो विपक्षी डिफेन्सका लागि निरन्तर समस्या दिइरहन सक्ने खेलाडी हुन् । उनले औसतमा प्रति खेल ३.८ सट प्रहार गरेका छन् । उनले हरेक खेलमा औसतमा २ मुख्य पास दिन्छन् । उनको खेल्ने शैली अनुसार ७५ प्रतिशत पास सफलता पनि निकै राम्रो मानिन्छ ।
ब्रुनो खेलमा जोखिम लिन माहिर खेलाडी हुन् । सधैं बलकै वरपर रमाउने उनी सकेसम्म चाडो बल अगाडी बढाउन खोज्छन् । उनी सामान्यतया छोटो र सहज पास खेल्न चाहदैनन् । उनको खुट्टामा बल परेपछि केहि फरक हुन्छ भन्ने अपेक्षा हुन्छ र उनले कमै मात्र निराश तुल्याउँछन् ।

ब्रुनोको आगमनले टोलीका अन्य खेलाडीलाई पनि प्रत्यक्ष प्रभाव परेको छ । फरवार्ड एन्थोनी मार्सियल युनाइटेड करिअरकै उच्च विन्दुमा पुगेका छन् । उनले पछिल्ला ७ खेलमा ६ गोल गर्दै आफूलाई उच्च स्तरमा खेल्न सक्ने प्रमाणित गरेका छन् । पोग्बाको आगमनले मिडफिल्ड थप बलियो भएको छ ।
ब्रुनो आएको धेरै भएको छैन । तर उनले युनाइटेडका समर्थकलाई नयाँ आशा दिलाएका छन् । जति धेरै उनी लिगमा भिज्दै जान्छन्, उनले अझ सहज रुपमा आफूलाई प्रस्तुत गर्ने सक्नेछन् । सर एलेक्स फर्गुसनले क्लब छाडेपछि पहिलो पटक युनाइटेडमा केहि हुन्छ भन्ने आशा पलाएको छ । यसमा मुख्य भूमिका विश्व स्तरीय ब्रुनोकै रहेको छ र रहनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]