default_image

5 years ago

July 2, 2020

मनाङका गोलकिपर अशोकलाई पत्नी शोक

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लबका गोलकिपर अशोक बराललाई पत्नी शोक परेको छ । ह्वाइट ब्लड सेलको कमीका कारण झन्डै दुई महिना देखि अस्वस्थ रहँदै आएकी अशोककी पत्नी कृष्टीको बुधबार निधन भएको अशोकले बताए ।

स्वयम्भुमा घरमै रहेकी २८ वर्षे कृष्टीको बुधबार विहान स्वास्थ्य मा एक्कासी खराबी आएर मृत्यु भएको उनले जानकारी दिए । उनको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनले बताए । उनीहरुको ६ वर्षे एक छोरी छन् । उनको काजक्रिया भने हेटौडामा गरिने अशोकले बताए । एन्फा एकेडेमीका उत्पादन समेत रहेका अशोकले मनाङबाट गत वर्षको सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.