default_image

5 years ago

July 2, 2020

रियललाई चार अंकको स्पष्ट अग्रता लिने अवसर

174 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३३औं चरणका तीन खेलहरु हुँदैछ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडले यो सिजन राम्रो खेल पस्किरहेको गेटाफेसँग प्रतिस्पर्धा गर्दा एइबारले ओसासुना तथा रियल सोसिडाडले एस्पान्योलको सामना गर्दैछ ।

रियलले घरेलु मैदान स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा आज राति १ः४५ बजे गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ । रियलले यो खेलमा जित हात पारे स्पष्ट चार अंकको अग्रता कायम गर्दै उपाधि दावेदारितालाई थप बलियो बनाउने छ ।

त्यसैले रियल गेटाफेविरुद्ध जितकै लागि मैदान उत्रनेछ । हारले १ अंकको तथा बराबरीले दुई अंकको अग्रता कायम राख्नेछ । कोरोनापछिको सबै पाँच खेलमा जित हात पारेको रियल सोही प्रदर्शनलाई निरन्तरता दिने दाउमा हुनेछ ।

गेटाफेविरुद्धबेल्जियन फरवार्ड इडेन हजार्ड नभएपनि करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, रोड्रिगो, ग्यारेथ बेल, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, फेडरिको भाल्भेर्डे, इस्को, कप्तान सर्जियो रामोस, मार्सेलो, फरल्यान्ड मेन्डी र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहनेछ ।

यता, यो सिजन उच्च प्रदर्शन गरिरहेको गेटाफे रियललाई स्तब्ध पार्दै शीर्ष चारको सम्भावनालाई जीवितै बनाउने दाउमा हुनेछ । छैटौं स्थानमा रहेको गेटाफेले रियललाई पराजित गर्न सके चौथो स्थानको सेभियासँगको अंक दुरी २ मा छोट्याउदै शीर्ष चारको सम्भावनालाई जीवितै राख्ने छ । बराबरी या हारले छैटौं स्थानमा नै रहनेछ ।

बिहीबार राति नै एइबार र ओसासुनाबीचको खेल राति ११ः१५ बजे तथा रियल सोसिडाड र एस्पान्योलबीचको खेल पनि राति ११ः१५ बजे नै हुनेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.