default_image

5 years ago

July 2, 2020

च्याम्पियन लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

171 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले यो सिजनको प्रिमियर लिग च्याम्पियन बनिसकेको मर्सिसाइड क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा नेपाली समय अनुसार राति १ बजेपछि हुनेछ ।

खेल सुरु हुनुअघि सिटीले च्याम्पियन बनिसकेको लिभरपुललाई सम्मानस्वरुप ‘गार्ड अफ अनर’ दिनेछ । लिभरपुलले यो सिजनको प्रिमियर लिगको उपाधि जितिसकेको र सिटीको पनि दोस्रो स्थान लगभग पक्का भइसकेका कारण यो खेल दुवै टोलीका लागि स्थान निर्धारणका हिसाबले महत्त्वपूर्ण नभएपनि प्रतिष्ठाको भिडन्त हुनेछ ।

लिभरपुलललाई बढी अंक जोड्दै प्रिमियर लिगको च्याम्पियन बन्ने कीर्तिमान बनाउन अवसर रहेका कारण लिभरपुल सिटीलाई उसकै मैदानमा पराजित गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । प्रिमियर लिगको बाँकी ७ खेलको २१ मध्ये १४ अंक जोडे लिभरपुलले सिटीको १०० अंकको कीर्तिमानलाई बराबरी गर्नेछ ।

सोही कारण लिभरपुल बाँकी खेलमा अंक नगुमाउने रणनीतिमा हुनेछ । यसका लागि लिभरपुलका मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिन्हो, कप्तान जोर्डन हेन्डरसन, जर्जिन्हो विज्नल्डम, भर्जिल भान डाइक र गोलरक्षक एलिसन बेकरको साथ रहनेछ ।

यता, घरेलु मैदानमा सिटी लिभरपुललाई पराजित गर्ने लक्ष्यसहित मैदान उत्रनेछ । र अंक दुरी पनि छोट्याउने दाउमा हुनेछ । रहिम स्ट्रलिङ, ग्याब्रियल जेसस, केभिन डि ब्रुयन, बर्नाडो सिल्भा, सर्जियो अगुइरो जस्ता खेलाडीले कुनैपनि बेला खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछन् ।

प्रिमियर लिगको ३२औं चरणको खेल जारी रहँदा लिभरपुलले सिटीलाई २३ अंकले पछि पारेको छ । लिभरपुलको ३१ खेलबाट ८६ अंक रहेको छ । समान खेलबाटै सिटीको ६३ अंक रहेको छ ।

यस्तै बिहीबार राति नै सेफिल्ड युनाइटेड र टोटेनहम हस्टपरबीच राति १०ः४५ बजे प्रतिस्पर्धा हुदैछ । आठौं स्थानमा रहेको टोटेनहमलाई सातौं  स्थानमा उक्लने अवसर छ भने सेफिल्डलाई पनि सातौं स्थानमा नै उक्लने अवसर छ । च्याम्पियन्स लिगमा स्थान बनाउने हिसाबले यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.