5 years ago
July 2, 2020
एजेन्सी – इटालियन क्लब इन्टर मिलानले रियल म्याड्रिडबाट डिफेन्डर अक्रफ हाकिमीलाई खरिद गरेको छ ।

गत सिजन रियलबाट लोनमा बोरुसिया डर्टमुन्ड पुगेका हाकिमी रियलको योजनामा नपरेपछि विक्री गर्ने निर्णय भएको थियो । इन्टरले रियलले माग गरेको ४० मिलियन युरो तिर्ने सहमति जनाएपछि हाकिमी इन्टर मिलानमा अनुबन्धित भएका हुन् । उनले क्लबसँग ५ वर्षको सम्झौता गरिसकेका छन् ।
रियलले हाकिमीलाई बेचेपनि सम्झौतामा विशेष प्रावधान राखेको छ । यस प्रावधान अनुसार रियलले चाहेको खण्डमा हाकिमीलाई पुन: तोकिएको मूल्यमा फिर्ता किन्न सक्नेछ । सन् २००६ देखि नै रियलको एकेडेमीमा रहेका उनलाई जिदानले आफ्नो योजनाम नरहेको बताएपछि क्लबले विक्री गर्ने निर्णय लिएको थियो ।

हाकिमीले लगातार दुई सिजन डर्टमुन्डमा उत्कृष्ट प्रदर्शन गरेका थिए । रक्षात्मक रुपमा मात्र नभएर आक्रमणमा पनि उनले प्रभाव जमाएका थिए । डर्टमुन्डले उनलाई स्थायी रुपमा राख्ने प्रयास गरेपनि रियलको माग पूरा गर्न नसक्दा सम्झौता गर्न सकेन । डर्टमुन्डले पीएसजीबाट फ्री एजेन्टका रुपमा बेल्जियन डिफेन्डर थोमस म्युनिएरलाई अनुबन्ध गरिसकेको छ ।
मोरक्कोको राष्ट्रिय टोलीका लागि खेल्दै हाकिमीले २८ क्याप जितेका छन् । उनले राष्ट्रिय टोलीका लागि पनि २ गोल गरेका छन् । इन्टरमा उनले आफ्नो रोजाईको राइट विंगब्याक पोजिसनमा नै खेल्नेछन् । रियलमा दोस्रो रोजाईको राइट ब्याकका रुपमा बस्न नमान्दा पनि उनी इन्टर प्रस्थान गरेका हुन् ।

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]