5 years ago
July 3, 2020
एजेन्सी – कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा अंक तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले गेटाफेलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई पराजित गर्न निकै मिहिनेत गर्नुपर्यो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपछि गेटाफेले दोस्रो हाफमा पनि रक्षात्मक रणनीति अपनाएको थियो । खेल बराबरीतर्फ उन्मुख रहँदै गर्दा गेटाफेको डिफेन्सबाट गल्ति हुँदा रियलले अग्रता लिने अवसर प्राप्त गर्यो ।
७८ औं मिनेटमा म्याथिअस ओलिभिएराले ड्यानी कार्भाजललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीको अवसरलाई रामोसले सदुपयोग गर्दै रियललाई अग्रता दिलाए । गोलरक्षक डेविड सोरियाले पेनाल्टीको दिशा ठम्याएपनि बल रोक्न भने सकेनन् । जारी सिजन रामोसले आफ्नो गोल संख्या ९ गोल पुर्याए ।
यस जितसँगै रियल म्याड्रिडले अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकको स्पष्ट अग्रता कायम गरेको छ । रियलको ३३ खेलमा ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाले समान खेलमा ७० अंक जोडेको छ ।
अर्को चरणमा बार्सिलोनाले भिल्लारियलको मैदानमा खेल्नेछ । शीर्षस्थानको रियल म्याड्रिडले एथलेटिक बिल्बाओको सामना गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]