default_image

5 years ago

July 3, 2020

च्याम्पियन लिभरपुलमाथि सिटीको सानदार जित

151 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले यो सिजनको इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुलमाथि सानदार जित निकालेको छ । घरेलु टोली म्यानचेस्टर सिटीले लिभरपुललमाथि ४–० को सानदार जित हात पारेको हो । 

इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा सिटीको सानदार जितमा केभिन डि ब्रुयन, रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । बल पोसेसनमा पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन ।

यो सिजन प्रिमियर लिगमा लिभरपुलको दोस्रो हार हो । यसअघि लिभरपुल फेब्रुअरीमा वाट्फोर्डसँग ३–० ले पराजित भएको थियो । लिभरपुलले ३२ मध्ये २८ खेलमा जित तथा समान २ बराबरी र २ हारको नतिजा निकालेको छ ।

प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा लिभरपुलले खेलमा अग्रता लिने अवसर खेर फालेको थियो । लिभरपुलका मोहम्मद सलाहको प्रहारलाई सिटीका गोलरक्षक इडर्सन मोरेसले बचाएका थिए । दोस्रो प्रयासमा साडियो माने पनि चुकेका थिए । त्यसअघि २१औं मिनेटमा साडियो मानेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

२५औं मिनेटमा घरेलु टोली सिटीले केभिन डि ब्रुयनको पेनाल्टी गोलमार्फत खेलमा अग्रता बनाएको थियो । जोसेप गोमेजले स्ट्रलिङलाई पेनाल्टी बक्समा तानेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । ३०औं मिनेटमा केभिन डि ब्रुयनको पासमा ग्याब्रियल जेसस चुक्दा सिटीले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

३५औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । फिल फोडेनको पासमा रहिमले जोसेप गोमेज र गोलरक्षक इलिसन बेकरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए । ४५औं मिनेटमा ब्रुयनको पासमा फिल फोडेनले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफको शुरुमै सिटीले गोलका तीन अवसर खेर फाल्यो । ५०औं मिनेटमा लिभरपुलका एलेक्सन्डर अर्नाेल्डको थ्रु पासलाई सिटीका जेससले नियन्त्रणमा लिदै गरेको प्रहारलाई एलिसनले बचाएका थिए । ५१औं मिनेटमा रहिम स्ट्रलिङको २५ यार्डबाट गरेको प्रहार डिफेन्डर फाविन्होलाई डिफ्लेक्सन हुदै पोस्टबाट थोरै बाहिरिएको थियो । लगत्तै केभिन डि ब्रुयनको प्रहारलाई भर्जिल भान डाइकले गोललाइनबाट क्लियर गर्दै गोल टारेका थिए ।

६६औं मिनेटमा अक्सलेड चेम्वरलेनले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले खेलमा ४–० को फराकिलो अग्रता बनायो । रियाद महारजेजको काउन्टर अट्याकमा रोड्रि हुदै केभिन डि ब्रुयनबाट स्ट्रलिङले गरेको प्रहारलाई बचाउन खोज्दा चेम्वरलेनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रियाद महारजेले गोल गरेपछि भिएआरको मान्यता पाएन । महारेजले गोल गर्नुअघि बल फिल फोडेनको हातमा लागेको भिएआरमा देखिएको थियो ।

लिभरपुलले भने कुनै पनि समय सिटीको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा ४–० को हार भोग्न पुग्यो । लिभरपुलमाथिको जितसँगै सिटीले अंक दुरी २० मा झारेको छ । सिटीको ३२ खेलबाट ६६ अंक पुगेको छ । लिभरपुलको समान खेलबाटै ८६ अंक छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.