5 years ago
July 3, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा टोटेनहम हस्टपर घरेलु टोली सेफिल्ड युनाइटेडसँग ३–१ ले पराजित भएको छ ।

ब्रामल लेनमा भएको खेलमा सेफिल्डको जितमा सन्डर वर्ग, लेस मोउसेट र ओलिभर म्या ब्रुनीले गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको ३१औं मिनेटमा सन्डरको गोलबाट घरेलु टोलीले शुरुवाती अग्रता बनाएको थियो ।
त्यसको दुई मिनेटपछि नै टोटेनहमका ह्यारी केनले गोल गरेपनि भिएआरको मान्यता पाएन । ४०औं मिनेटमा जियोभानी लो सेल्सोको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा टोटेनहम बराबरीबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयमा नै लो सेल्सो पोस्टबाट बाहिरिन पुग्यो ।

६९औं मिनेटमा लेस मोउसेटले इन्डा स्टेभेन्सको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनायो । ८४औं मिनेटमा सन्डरको पासमा म्याक ब्रुनीले गोल गर्दै सेफिल्डको जित पक्का गरे । अन्तिम समयमा ह्यारी केनले गोल गरेपनि सेफिल्डसँग ३–१ को हार भोग्न बाध्य बन्यो ।
यो हारले टोटेनहमले शीर्ष सातमा उक्लने अवसर गुमाउदा सेफिल्ड सातौ स्थानमा उक्लन सफल भएको छ । सेफिल्डको ३२ खेलबाट ४७ अंक पुगेको छ । समान खेलबाटै टोटेनहम ४५ अंक जोडेर नवौं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]