5 years ago
July 3, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा एटलान्टाले नेपोलीलाई पराजित गरेको छ । घरेलु मैदानमा एटलान्टाले नेपोलीमाथि २–० को सहज जित निकालेको हो ।

एटलान्टाको जितमा मारियो पासालिक र रोविन गोसेन्सले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । बरगामोमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको सुरुवातमै घरेलु टोलीले खेलमा अग्रता लिन सफल भएको थियो । ४७औं मिनेटमा एलेजान्द्रो गोमेजको क्रसमा पासालिकले हेडमार्फत गोल गर्न सफल भएका थिए । ५४औं मिनेटमा राफायल टोलोइको पासमा रोविन गोसेन्सले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर बनायो ।
त्यसपछि थप गोल निस्कन नसक्दा एटलान्टा २–० ले विजयी हुन सफल भयो । जितसँगै एटलान्टाले अर्काे सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । चौथो स्थानमा रहेको एटलान्टाको २९ खेलबाट ६० अंक पुगेको छ । जुन पाँचौ स्थानको रोमाको भन्दा १२ अंकले बढी हो । पराजित नेपोली ४५ अंक छैटौं स्थानमा यथावत रहेको छ ।

यस्तै अर्काे खेलमा १० खेलाडीमा समेटिएको रोमा घरेलु मैदानमा उडिनेसीसँग २–० ले स्तब्ध बनेको छ । रोमालाई स्तब्ध बनाउन उडिनेसीका केभिन लासाग्ना र लिजा नेस्टोरोभ्स्कीले गोल गरे ।
१२औं मिनेटमा केभिन लासाग्नाको गोलबाट उडिनेसीले खेलमा अग्रता बनाएको थियो । ३०औं मिनेटमा रोमा १० खेलाडीमा समेटिएको थियो । डिएगो पेरोटी सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रोमाले ६० मिनेट १० खेलाडीमा खेल्नुपरेको थियो । ७८औं मिनेटमा लिजा नेस्टोरोभ्स्कीले गोल गर्दै उडिनेसीलाई २–० को जित दिलाए ।
जितसँगै उडिनेसी ३१ अंक जोडेर १४औं स्थानमा उक्लन सफल हुदा रोमा ४८ अंक जोडेर पाँचौं स्थानमा यथावत रहेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]