5 years ago
July 3, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका जर्मन विंगर लेरोय साने सिजनको अन्त्यसँगै जर्मन च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित हुने भएका छन् ।

बायर्नले सिटीसँग ५५ मिलियन पाउन्डको सम्झौता गर्दै जर्मन राष्ट्रिय टोलीका विंगरलाई म्युनिखमा अनुबन्धित गर्न सफल भएको हो । २४ वर्षीय सानेले बायर्नमा ५ वर्षका लागि सम्झौता गरेका हुन् । बायर्नले साने क्लबमा अनुबन्धित भएको पुष्टि गरेको छ । सानेले बायर्नको अफिसियलसँग रहेर क्लबको जर्सी सार्वजनिक गरेको र सम्झौता पत्रमा हस्ताक्षर गर्दै गरेको तस्वीर सार्वजनिक गरेको छ ।
बायर्नले सुरुवातमा ४५ मिलियन तिर्ने र सानेको प्रदर्शन र अन्य बोनससमेत सिटीले ५५ मिलियनसम्म पाउन सक्नेछ । यदि बायर्नले सानेलाई अन्य क्लबमा बेचेको खण्डमा सिटीले त्यसको १० प्रतिशत रकम प्राप्त गर्नेछ । सिटीमा अनुबन्धित भएसँगै सानेले बायर्नको अफिसियल वेवसाइटमा बायर्न ठुलो क्लब र क्लबको पनि ठुलो योजना रहेका कारण नयाँ क्लबमा नयाँ चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् ।

‘मलाई थाहा छ । हान्सी फ्लिक जर्मनीको यु–२१ टोलीको प्रशिक्षक रहँदा मैले उनलाई राम्ररी चिन्दछु । हाम्रो सम्वन्ध निकै राम्रो रहेको छ । त्यसैले पनि म बायर्न आएको हु । म यहाँबाट धेरै भन्दा धेरै ट्रफी जित्न चहान्छु,’ सानेले भने, ‘विशेष गरी च्याम्पियन्स लिग मुख्य प्राथमिकतामा रहनेछ ।’
यस्तै सानेले म्यानचेस्टर सिटी र सिटीका फ्यानलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘सबैलाई विशेष धन्यवाद । सिटीमा चार वर्ष बिताउदाको क्षण निकै रोमाञ्चक र सफलतामा रह्यो । हामीले चार वर्षमा धेरै खेल खेल्यौ । गोल पनि गर्यौं । हामीले केही कीर्तिमानहरु पनि बनायौं र सँगै विभिन्न ७ उपाधि जित्न सफल भयौं ।’

सानेले सिटीको सम्झौता नविकरण प्रस्ताव अस्विकार गरेपछि उनको भविष्य अन्यत्र रहेको प्रष्ट भएको थियो । सन् २०२१ सम्म सम्झौता रहेकाले सिटीले उनलाई बेच्नु उचित रहेको निर्णय गरेको हो ।
साने सन् २०१६ मा जर्मन क्लब साल्केबाट ३७ मिलियन पाउन्डमा सिटी आएका थिए । उनकै उच्च प्रदर्शनमा सिटीले पछिल्लो दुई सिजन प्रिमियर लिग उपाधि जितेको थियो । यस सिजन भने चोटका कारण उनले प्रिमियर लिगमा खेल्न पाएनन् । उनले कोरोनापछि पुनरागमन गर्दै पूर्ण फिटनेसमा फर्कने तयारी गर्दैछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]