5 years ago
July 3, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले कोरोना भाइरस कोभिड –१९ पछिका खेलमा उत्कृष्ट खेल पस्कन सकेको छैन । कोरोनाअघि स्पेनिस ला लिगामा २ अंकको अग्रता लिएको बार्सिलोना अहिले शीर्षस्थानको रियल म्याड्रिडसँग ४ अंकले पछि परिसकेको छ ।

यस्तो अवस्थामा बार्सिलोनाले क्लबका प्रशिक्षक क्विके सेटिनलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षक ल्याउने तयारी गरिरहेको छ । कोरोनापछिको ६ खेलमा बार्सिलोनाले ६ अंक गुमाइसकेको छ । उपाधि यात्रा पनि निकै कमजोर बन्दै गएको अवस्थामा उपाधिको आशालाई जीवितै राख्न बार्सिलोनाले यो सिजनको केही खेल बाँकी रहेको अवस्थामा पनि नयाँ प्रशिक्षक नियुक्त गर्न सक्नेछ ।
कोरोनापछिको पछिल्ला ६ खेलमा अपराजित रहेपनि बार्सिलोनाले सेभिल्ला, सेल्टा डि भिगो र एट्लेटिको मड्रिडसँग अंक गुमाएको थियो । विशेषगरी सेल्टा डि भिगोसँगको खेलमा अंक गुमाएपछि बार्सिलोनाको मैदान बाहिर र भित्रको विवाद छताछुल्ल भएको थियो ।

त्यसैले पनि बार्सिलोनाले प्रशिक्षक सेटिनलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षक नियुक्त गर्ने सम्भावना रहेको छ । बार्सिलोनाको प्रशिक्षकको लागि सम्भावित १० जनाको सुची तयार पारिएको छ । यसमा बार्सिलोनाकै पूर्व खेलाडी जाभी हर्नान्डेजको नाम अग्रस्थानमा रहेको छ । बार्सिलोनाले यसअघि नै उनलाई ल्याउने प्रयास गरेपनि जाभी आफैंले तयार नभएको भन्दै नजाने निर्णय गरेका थिए ।
यसबाहेक प्रशिक्षक मार्सेलो गलार्डो, जेभियर गार्सिया, रोबर्टाे मार्टिनेज, मौरिसियो पोचेटिनो, रोनाल्ड कोमन, लुइस इनरिके, मिकेल अर्टेटा, नुनो स्पिरिटो सान्टो र मासिमिलियानो एलेग्री बार्सिलोनाको सुचीमा रहेका छन् । यी प्रशिक्षक मध्यबाट बार्सिलोनाले एकलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्न सक्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]