5 years ago
July 3, 2020
एजेन्सी – फिफा विश्वकप २०१० को क्वाटरफाइनलमा घाना र उरुग्वेको खेलमा जे भयो त्यसपछि घानाका समर्थकले सायदै लुइस सुआरेजलाई बिर्सन सक्छन् । उनले जे गरे, त्यसले उनलाई घाना मात्र होइन अफ्रिकी फुटबलकै घृणित पात्र भनाएको छ ।

पछिल्लो समय सामाजिक संजालमा एक भिडियो निकै चर्चित छ । अफ्रिकी राष्ट्र घानाको यस भिडियोमा मृत्युपछि गरिने अन्त्यष्टिमा सुटबुट लगाएका केहि मानिसले गित संगीतमा कफिनसहित नाच देखाउने गर्छन् । घानाका बेन्जामिन आइदोले सन् २००७ मा यसको सुरुवात गरेका थिए । उनले नाना ओताफ्रिजा पलबिअरिङ एण्ड वेटिङ सर्भिसेस नामक कम्पनि खोलेर अन्त्यष्टि गर्नेबेलामा मानिसको जीवनबाट बिदा हुँदा दुख नभई खुसी मनाउनु पर्ने सोच बनाए ।
आइदोले संगीत र नृत्यको प्रस्तुतिसँगै अन्त्यष्टि गर्ने परम्परा कायम गरे । सामाजिक संजालमा केहि महिनाअघि भिडियो भाइरल भएपछि आइदो पनि चर्चामा आएका छन् । खेलकुदमा निकै रुची राख्ने आइदो क्याटलान क्लब बार्सिलोना र चेल्सीका समर्थक हुन् । उनलाई कुन खेलाडीको अन्त्यष्टि गर्न इच्छा छ भनेर सोध्दा उनको जवाफ यस्तो थियो ।
‘म खेलाडीहरुको लामो आयुको कामना गर्दछु । तर यदि कुनै खेलाडीको अन्त्यष्टिमा हामी सरिक हुन पाउँछौं भने रोनाल्डिन्होको अन्तिम संस्कारमा सहभागी हुन चाहन्छु । त्यसपछि म्याराडोना अनि मेस्सीको पनि,’आइदोले भने ।

‘ रोनाल्डिन्हो मलाई सधैं मनपर्ने खेलाडी हुन् । उनले मैदानभित्र नाच नै देखाउँथे, र म पनि आफ्नो नाचसँगै उनलाई सम्मानपूर्वक बिदा गर्न पाउँथे,’ उनले थपे ।
आइदो बार्सिलोनाका समर्थक भएपनि उनी लुइस सुआरेजसँग खुसी साट्न भने केहि कठिन मान्छन् । सुआरेजले सन् २०१० को विश्वकप क्वाटरफाइनलमा घानाविरुद्ध गोललाइनमा हातले बल रोकेपछि घानाको यात्रा रोकिएको थियो ।
‘म यस विषयमा विभाजित छु । मलाई कहिले काहिँ नराम्रो पनि लाग्छ । जब सुआरेजको नाम सुन्छु, म यसै दुखी हुन्छ,’ आइदोले सुनाए, ‘ सुआरेजको कारण नै घानाले विश्वकपको सेमिफाइनल खेल्न पाएन । त्यो निकै दुखद समय थियो ।’
‘ सुआरेज शब्द नै घानामा फरक अर्थ राख्ने शब्द भएको छ । हामी सुआरेज भन्नाले असम्भव भन्ने बुझ्छौं । यदि कसैले केहि चाहन्छ अथवा कतै पुग्न चाहन्छ र त्यहाँ सुआरेज छ भने बुझ्नुस त्यो सफल हुन सक्दैन,’ उनले थपे ।
सुआरेजले विश्वकपमा ह्यान्डबल गरेपछि घानाले अन्तिम समयमा पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी गोलमा परिणत गरेको भए घाना सेमिफाइनल पुग्थ्यो । तर आसमोह जियानले उक्त पेनाल्टी चुकाए । त्यसपछि भएको टाइब्रेकरमा उरुग्वे विजयी रहेको थियो । जियान घानाको सर्वाधिक गोलकर्ता बन्दै थुप्रै सफलता हात पारेपनि आजसम्म आइदोले उनलाई माफ दिएका छैनन् ।

‘छैन, हामीले उनलाई माफी दिएका छैनौँ । र याद राख्नुहोस हामीले उनलाई माफी दिने पनि छैनौं,’ उनले भने, ‘ उनले पेनाल्टी चुकाएको दिन धेरै समर्थक उनको घर पुगेर परिवारलाई गालि गरे । त्यसले गर्दा उनको आमाको स्वास्थ्यमा पनि समस्या आयो । ‘
‘ जियानको आमाले त्यसपछि उनलाई कहिल्यै पेनाल्टी नलिना भनेकी छिन् । त्यसैले पनि अब जियानले कहिल्यै पेनाल्टी हान्ने छैनन् । उनको ८० वर्षकी आमाकै लागि भएपनि जियानले अब घानाका लागि पेनाल्टी प्रहार गर्ने छैनन् ।’
यस्तो हुन्छ कफिन डान्स :
घाना र उरुग्वेको विश्वकप खेल :
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]