default_image

5 years ago

July 4, 2020

मोराटाको दुई गोलमा एट्लेटिकोको सहज जित

156 views

0 Bookmark

एजेन्सी – स्पेनिस फरवार्ड अल्भेरो मोराटाको दुई गोल सहयोगमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । एट्लेटिकोले रेलिगेसन जोनमा रहेको रियल मालोर्कामाथि ३–० को सहज जित निकालेको हो ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शुक्रबार राति भएको खेलमा एट्लेटिकोको खेलको शुरुवातदेखि नै मालोर्कालाई दवावमा राखेको थियो । १२औं मिनेटमा माकर्सस लोरेन्टोको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिएका थिए । म्यानुयल सान्चेजले ठुलो मौका गुमाउदा घरेले टोली अग्रता लिनबाट चुक्यो ।

१०औं मिनेटमा अल्भेरो मोराटाको प्रहारले पोस्टको गति लिन सकेन । २२औं मिनेटमा पाहुना टोलीका इड्रिसु बाबाले अवसर पाएपनि सदुपयोग गर्न सकेन । २४औं मिनेटमा जोआओ फेलिक्सले अवसर पाएपनि उनको प्रहार आकासिएको थियो । एक पछि अर्काे आक्रमण विफल भइरहेको एट्लेटिकोले २५औं मिनेटमा पेनाल्टीको अवसर पायो ।

मोराटालाई पेनाल्टी बक्समा एलेक्सन्डर सेड्लरले फउल गरेपछि रेफ्रीले एट्लेटिकोलाई पेनाल्टी प्रदान गरेको थियो ।तर, २७औं मिनेटमा मोराटा आफैले गरेको पेनाल्टी प्रहारलाई मालोर्काका गोलरक्षक मानोलो रेइनाले बचाएपनि उनी मोराटाले पेनाल्टी प्रहार गर्नु अघि नै गोललाइनलाईन टच नगरेका कारण रेफ्रीले एट्लेटिकोलाई पुनः पेनाल्टी प्रदान गरेको थियो । यसपटक मोराटा चुकेनन् र घरेले टोलीलाई १–० ले अघि बढाए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मोराटाले मार्कुस लोरेन्टेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा मालोर्काले सम्हालिएको खेल पस्कदै एट्लेटिकोको पोस्टमा आक्रमण बुनेपनि गोल गर्न सकेन ।

६१औं मिनेटमा ताकेफुसा कुवोको प्रहारलाई एट्लेटिकोका जोस जिमिनेजले बचाए । ७४औं मिनेटमा एट्लेटिकोका लेनन लोडीको प्रहार बारमा लागेर फर्कियो । ७९औं मिनेटमा कप्तान कोकीले गोल गर्दै एट्लेटिकोलाई ३–० को सहज जित दिलाए ।

जितसँगै एट्लेटिकोले चार खेल बाँकी रहँदा ला लिगामा तेस्रो स्थानलाई थप मजवुत बनाएको छ । एट्लेटिकोको ३४ खेलबाट ६२ अंक पुगेको छ । एक खेल कम खेलेको सेभिल्लाको ५७ अंक रहेको छ । पराजित मालोर्कालाई रेलिगेसनमा पर्ने दवाव बढेको छ । मालोर्का २९ अंक जोडेर १८औं स्थानमा छ ।

 

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.