default_image

5 years ago

July 4, 2020

‘मेस्सी बार्सिलोनामै रहुन्’ – जिदान

166 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले एल क्लासिको प्रतिद्वन्द्वी क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्यापनोउमै बसेको हेर्न चाहेको बताएका छन् ।

बिहीबार राति गेटाफेविरुद्ध १–० को कठिन जित निकालेको खेलपछि पोस्टम्याच कन्फ्रेसमा जिदानले क्लब छाड्ने चर्चामा रहेका मेस्सीको विषयमा बोल्दै उनी बार्सिलोनामै रहेका हेर्न चाहेको बताएका हुन् । ‘अब के हुन्छ मलाई थाहा छैन । तर, हामी चाहन्छौं कि उनी (मेस्सी) यसै लिगमा बसून् । यो लिग उत्कृष्ट भएको हामी हेर्न चाहन्छौं,’ जिदानले भने ।

क्याडेना एसईआरका अनुसार पछिल्लो समय बार्सिलोनाको मैदान बाहिर र मैदान भित्रको विवाद छताछुल्ल भएपछि मेस्सीले क्लब छोड्ने मनसाय बनाएका छन् । मेस्सीले आफ्नो बुवा तथा एजेन्टलाई पछिल्लो एक सातादेखि बार्सिलोनामा सम्झौता नवीकरणबारे भइरहेको छलफल रोक्न आग्रह गरिसकेका छन् । ६ पटकको बालोन डिओर विजेता ३३ वर्षीय मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२१ को समरसँगै सकिँदैछ । मेस्सी २००१ देखि बार्सिलोनामा रहेका छन् ।

३३औं चरणको खेल सकिदा रियल उपाधितर्फ लम्किदा बार्सिलोना रियलसँग ४ अंकले पछि परेको छ । कोरोना भाइरस (कोभिड–१९) अघि बार्सिलोना रियल म्याड्रिडभन्दा २ अंक अघि थियो । तर, पछिल्लो ६ खेलमा ६ अंक गुमाएपछि बार्सिलोना पछि परेको हो ।

बार्सिलोनाले ३ खेलमा जित निकाल्दा तीन खेलमा बराबरीको नतिजा निकालेको छ । रियलले भने सबै ६ खेलमा शतप्रतिशत जित निकालेको छ । शीर्षस्थानको रियलले ७४ तथा बार्सिलोनाको ७० अंक रहेको छ ।

यो पनि पढ्नुहोस : आजित मेस्सीले गरे बार्सिलोना छाड्ने निर्णय

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.