5 years ago
July 4, 2020
एजेन्सी – स्पेनिस भेट्रान मिडफिल्डर तथा कतारी क्लब अल सादका प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो पूर्व क्लब बार्सिलोनाको प्रशिक्षक बन्न तयार रहेको बताएका छन् ।

स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार जाभीले ६१ वर्षीय क्विके सेटिन बसिरहेको हट सिटमा बस्न आफु तयार रहेको उल्लेख गरेका छन् । सेटिन गत जनवरीमा बार्सिलोनाको प्रशिक्षक बनेका थिए । त्यतिबेला नै बार्सिलोनाले जाभीलाई प्रशिक्षक बन्न प्रस्ताव राखेपनि अनुभवको कमी रहेको र कुनै न कुनै दिन बार्सिलोनाको प्रशिक्षक बन्ने बताएका थिए ।
एर्नेस्टो भाल्भेर्डेको प्रशिक्षणमा बार्सिलोनाले राम्रो प्रदर्शन गर्न नसकेपछि बार्सिलोनाले सेटिनलाई प्रशिक्षक बनाएपनि सेटिनको प्रशिक्षणमा बार्सिलोनाले सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । क्लबका कप्तान लियोनेल मेस्सीले सेटिनको ब्रान्डले क्लबले कुनैपनि उपाधि जित्न नसक्ने सार्वजनिक रुपमै बताएका थिए ।
मुन्डोका अनुसार जाभी वार्षिक ५.४ मिलियन पाउन्डमा क्लबको प्रशिक्षक बन्न तयार छन् । उनले यो सिजनको अन्त्ससँगै क्लबको प्रशिक्षण सम्हाल्ने आन्तरिक सहमति भइसकेको छ । तर, यो क्लबको बोर्ड र खेलाडीहरुबीचको निर्णयमा भर पर्नेछ ।
जाभीको विषयमा छलफलका लागि खेलाडीहरु सन्तुष्ट रहेको बताइएको छ । पछिल्लो समय मेस्सीले पनि क्लब छाड्ने मनासय बनाइरहेका छन् । जाभी बार्सिलोनाको प्रशिक्षक हुने भएमा मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिन सक्नेछन् ।

जाभीले गत समरमा नै दुई वर्षको लागि कतारी क्लब अल सादको प्रशिक्षण भार सम्हालेका थिए । उनले सोही क्लबबाट खेल्दै व्यवसायिक खेल जीवनको अन्त्य गरेका थिए । मिडफिल्डको बादशाह मानिने जाभीले बार्सिलोनाका लागि ७६७ खेल खेल्दै ८५ गोल गरेका छन् । जाभी ११ वर्षको उमेरदेखि बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका हुन् ।
चारपटकको च्याम्पियन्स लिग विजेता ४० वर्षीय जाभीले एक भिडियो कन्फ्रेसमा सबैभन्दा ठूलो लक्ष्य भनेको बार्सिलोनाको प्रशिक्षक हुनु र बार्सिलोनालाई जितको लयमा फर्काउनु रहेको बताएका थिए ।
सेटिन बार्सिलोनामा आफ्नो भविष्यको बारेमा संघर्ष गर्दैछन् । धेरैले उनलाई यो सिजनको अन्त्यसँगै बर्खास्त गर्न सक्ने बताइरहेका छन् । बार्सिलोनाको बोर्ड बार्सिलोनाको प्रदर्शनलाई लिएर चिन्तित छन् । खेलाडीहरुले पनि प्रशिक्षण टोलीको रणनीतिलाई इन्कार गर्दै आइरहेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]