5 years ago
July 4, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङबाट भएको आर्थिक अनियमितताका विषयमा छानबिन गरिरहेको समितिले अनुसन्धानमा अझै केहि दिन लाग्ने बताएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको ३ सदस्यीय समितिलाई १५ दिन भित्र प्रतिवेदन बुझाउने गरि जिम्मेवारी तोकेको छ । पछिल्लो तीन दिन देखि छानबिन चलिरहेको र अझै केहि दिन लाग्न सक्ने संयोजक खड्काले जानकारी दिए । खड्कासहित सदस्य आनन्द रञ्जित र नारायण अधिकारीको टोली बुधबार पोखरा पुगको थियो ।
समितिले कास्की एन्फालाई पत्र काट्दै २०७५ मा भएको मनकामना कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, काकस्की जिल्ला लिग फुटबल प्रतियोगिता (जिल्ला, प्रदेश) तथा अन्तर विद्यालय फुटबल महिला पुरुष प्रतियोगिताको सबै कागज पत्र र विल भपाई शुक्रबार ४ बजे सम्म उपलब्ध गराउन भनेको भनेको थियो ।
निर्देशन अनुसार धेरै कागज पत्र प्राप्त भएको र अझै केहि बाँकी रहेको पनि खड्काले बताए । खड्काले अहिले पहिलो चरणमा मनकामना कपको छानविन सकेपछि मात्र अन्य विषयमा प्रवेश गर्ने तयारी भइरहेको बताएका छन् । ‘मनकामना कप नै छानविनको मुख्य विषय हो । दुई दिन जतिमा यसको सबै अध्ययन गछौं । टिकटीको अर्धकट्टीदेखि त्यसका निर्णयसम्म मागेका छौं,’ खड्काले भने, ‘आवश्यक परे अन्य कागज पत्र पनि माग्ने छौं । त्यो सकेपछि मात्र अन्य विषयमा प्रवेश गर्नेछौं । ‘
खड्काले समितिले छानविन गर्ने र त्यसपछिको प्रक्रिया एन्फा कार्यसमितिले लिने पनि प्रष्ट पारको छन्। ‘कतिपयले हामीले नै कारवाहीको सिफारिस गर्ने सोचेका छन्,’ उनले भने,’ त्यस्तो होइन । हामीलाई छानविन गरेर १५ दिन भित्र प्रतिवेदन बुझाउने निर्देशन हो । त्यहि अनुसार काम अघि बढाइनेछ । ‘
एन्फाले कास्कीले यसअघिको कार्यसमितिले गरेको आर्थिक कारोवारको समेत छानविन गर्न प्रतिवेदनमा उल्लेख गर्न निर्देशन दिएको छ ।
एन्फाले छानबिन समितिलाई मिलन गुरुङले कास्की जिल्ला फुटबल संघको नेतृत्व सम्हालेयताको २ वर्षको र त्यसअघिको १ कार्यकालको आर्थिक हिसाबकिताब हेर्न जिम्मेवारी पाएको खड्काले बताएका छन् ।
मनकामना कपको आयव्यय सार्वजनिक नगरेको तथा कास्की फुटबल संघको अध्यक्षको हैसियतमा गुरुङले निजी खाताबाट रकम लेनदेन गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत परेको छ । त्यस्तै फिफाको सहयोगमा कास्की एन्फाले सुरु गरेको ग्रासरुट कार्यक्रममा अभिभावकसँग प्रति खेलाडी १ हजार रुपैयाँ उठाएको र त्यसको हिसाबकिताब पनि पारदर्शी नगरेको गुरुङ माथि आरोप छ ।
एन्फाले केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेपछि त्यसले काम गर्न सकेन । त्यसपछि एन्फाले पुन असार २ गते कार्यसमितिको आपतकालिन बैठकले खड्कालाई समितिका संयोजक तोक्दै छानविन समितिलाई काम गर्न निर्देशन दिएको थियो ।

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]